सरकारको बदनाम गर्ने काम बाहेक विपक्षले केही नगरेको प्रधानमन्त्रीको टिप्पणी

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक र सकारात्मक नभएको टिप्पणी गरेका छन्। मंगलबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि वर्तमानमा त्यसो नभएको बताएका हुन्। उनले भने, प्रतिपक्षीहरूले सरकारलाई बदनाम गर्न र झूट फैलाउनमै केन्द्रीत भएर काम गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले भने, “विपक्षका नेताहरू आफ्नो कामको सट्टा सरकारलाई बदनाम गर्ने, सत्यलाई ढाक्ने र झूट फैलाउने काममा सक्रिय देखिन्छन्।”

उनले भने, देशी र विदेशी तत्वहरू सरकारलाई बदनाम गर्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा हुनबाट रोक्न सक्रिय छन्। सरकारले देशको समग्र विकासका लागि लिएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरेको उनले उल्लेख गरे। ४६ सालको परिवर्तनपछि तीव्र विकासका लागि मार्ग खोलिएको भन्दै प्रधानमन्त्री ओलीले आफू सरकारमा रहेका बेला विकासका धेरै महत्वपूर्ण कामहरू भएको दाबी गरे।

यसै गरी, प्रधानमन्त्री ओलीले देशको विकासमा इन्जिनियरहरूको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको पनि बताए।

तपाईको प्रतिक्रिया