सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता सीमित गर्न खोजेको छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता सीमित गर्न खोजेको आरोप लगाएका छन्।

सिंहदरबारभित्र आयोजित प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बोल्ने, लेख्ने र शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने अधिकार खुम्च्याउने प्रयास भइरहेको टिप्पणी गरेका हुन्।

लिङ्देनले तीनकुने घटनाको छानबिनका लागि न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग राखे। साथै, राप्रपाका नेताहरूको रिहाइको माग पनि उनले दोहोर्‍याए।

“सरकार जनताबाट टाढा हुँदैछ,” भन्दै लिङ्देनले भने, “सरकारले सुनोस् भनेर हामी सिंहदरबारमै प्रदर्शन गर्न आएका हौं। आजको सन्देश सरकारसमक्ष पुर्‍याउन खोजिएको हो।”

उनले दलको कार्यालय अगाडि अस्वाभाविक रूपमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोप्रति पनि असन्तोष व्यक्त गरे।

तपाईको प्रतिक्रिया