सांसद पद निलम्बन फुकुवा गर्न रवि लामिछानेको आग्रह, सभामुखले भने- ‘नमिल्ने कुरा’

मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर लामिछानेले निलम्बन फुकुवाको माग गरेका हुन्। यसअघि पनि उनले सभामुखलाई भेटेर निलम्बन फुकुवाका लागि आग्रह गरेका थिए।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो।

लामिछानेको आग्रहमा सभामुख घिमिरेले कानूनभन्दा माथि कोही नभएको भन्दै निलम्बन फुकुवा गर्न नमिल्ने जवाफ दिएका छन्। उनले भने, मैले नियमावली हेरेर र कानून अनुसार यो काम गरेको हुँ। कानूनभन्दा माथि कोही छैन। मैले निलम्बन फुकुवा गर्न सक्दिनँ भन्ने कुरा बुझिदिनुपर्छ।”

तपाईको प्रतिक्रिया