साहब आलमले प्रधानमन्त्री कपमा १०० विकेट पुरा गरे

काठमाडौँ: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा साहब आलमले १०० विकेट पुरा गरेका छन्।

लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसविरुद्ध साहब आलमले ४ विकेट लिँदै १०० विकेटको आंकडा पुरा गरेका हुन्।

यससँगै साहब आलम प्रधानमन्त्री कपमा १०० विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले ४७ इनिङ्समा ५१ मेडनसहित १ हजार ३६१ रन खर्चाएर १०० विकेट पुरा गरेका छन्।

यसअघि नेपाल पुलिसका ललित राजवंशीले १०० विकेट लिने पहिलो खेलाडीको रूपमा आफ्नो नाम दर्ता गराएका थिए।

तपाईको प्रतिक्रिया