सीता राना मगरको करिअरकै उत्कृष्ट बलिङ, नेदरल्यान्ड्सविरुद्ध ५ विकेट

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउन्डर सीता राना मगरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो करिअरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन गरिन्।

आइतबार, कीर्तिपुरको त्रिवि मैदानमा नेदरल्यान्ड्सविरुद्ध खेलेको तेस्रो खेलमा सीताले ३ ओभरमा ५ विकेट लिइन् र केवल १२ रन मात्र दिइन्। यस प्रदर्शनले उनको अघिल्लो उत्कृष्ट बलिङलाई पछि पार्यो, जसमा उनले ५ विकेट लिँदा १६ रन खर्च गरेकी थिइन्।

सीताले यसअघि सन् २०२३ को अगस्टमा मलेसियामा भएको सिरिजमा हङकङविरुद्ध ५ विकेट लिएका थिइन्।

कीर्तिपुरको मैदानमा १८औं ओभरमा ३ विकेट र २०औं ओभरमा २ विकेट लिएपछि, सीताले आफ्नो पछिल्लो दुई ओभरमा ५ विकेट लिँदा ५ रन मात्र खर्चिन्। यसरी, सीताको शानदार बलिङले नेदरल्यान्ड्सलाई उच्च स्कोर बनाउन नसक्ने बनायो र उनीहरूले १४० रन मात्र बनाउँदा खेल समेटियो।

तपाईको प्रतिक्रिया