सुडानको शरणार्थी शिविरमा विद्रोही समूहको आक्रमण, ४ सय भन्दा बढीको मृत्यु

अल-फशर — सुडानको विद्रोही समूहले शरणार्थी शिविरमा गरेको आक्रमणमा ४ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ। यो जानकारी संयुक्त राष्ट्रसंघका विश्वसनीय स्रोतहरूबाट प्राप्त भएको हो।

संयुक्त राष्ट्रसंघका अनुसार, आक्रमण सुडानको सक्रिय विद्रोही गुट र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो।

अघिल्लो हप्तामा, आरएसएफले अल-फशर सहर नजिकैको शरणार्थी शिविरमा स्थल र हवाई मार्गबाट आक्रमण गरेको थियो।

सुडानको दारफूर क्षेत्रमा आरएसएफ र सुडानको सेनाबीच कब्जा गर्नको लागि संघर्ष जारी रहेको छ। २०२३ को अप्रिल महिनामा यी दुई पक्षबीच रक्तपातपूर्ण युद्ध सुरु भएको हो। यस संघर्षका कारण लाखौँ मानिसहरू विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसंघले शुक्रबार र शनिबारको बीचमा १४८ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

तपाईको प्रतिक्रिया