सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको मूल्य स्थिर

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिका कारण स्थानीय बजारमा पनि यसको प्रभाव देखिएको छ। सोमबार प्रतितोला १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज १ हजार ८०० रुपैयाँले वृद्धि हुँदै १ लाख ७९ हजार ७०० मा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार १ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया