सुनको मूल्य एकैदिन १९ सय रुपैयाँले बढ्यो

काठमाडौँ  । नेपाली बजारमा सुनको मूल्य एकै दिनमा तोलामा १९ सय रुपैयाँले वृद्धि भएको छ। तीन दिनदेखि स्थिर रहेको सुनको मूल्यमा वृद्धि भएको हो, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६४ हजार सात सय रुपैयाँ कायम भएको छ, जबकि सोमबार यसले तोलामा एक लाख ६२ हजार आठ सय रुपैयाँको कारोबार गरेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। अहिले चाँदीको मूल्य एक हजार ९३० रुपैयाँ तोलामा कारोबार भइरहेको छ, जबकि सोमबार यसको मूल्य एक हजार ८९५ रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया