सुनको मूल्य तोलामा एक लाख ८६ हजार पुग्यो, हालसम्मकै उच्च

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको असर नेपाली बजारमा पनि देखिएको छ। आज नेपाली बजारमा सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। आज त्यसमा एक हजार रुपैयाँको वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। प्रतितोला ५५ रुपैयाँले बढ्दै चाँदीको मूल्य एक हजार ९६० रुपैयाँमा पुगेको छ।

तपाईको प्रतिक्रिया