सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ — अघिल्लो कारोबार दिन उच्चतम बिन्दुमा पुगेको सुनको मूल्य आइतबार सामान्य रूपमा घटेको छ। चाँदीको मूल्यमा पनि हल्का गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार, गत शुक्रबार प्रतितोला सुन १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो, जबकि आइतबार त्यसमा ४०० रुपैयाँको घटाउ भएपछि प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य २ हजार ५० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस २ हजार ९८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया