सुन र चाँदीको मूल्यमा वृद्धि, सुन १ लाख ७६ हजार २ सय पुग्यो

काठमाडौँ: सुनको मूल्य अहिले आफ्नो ऐतिहासिक उच्चतम स्तरमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले वृद्धि भइ प्रतितोला १ लाख ७६ हजार २ सय पुगेको छ।

बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ७४ हजार ८ सय थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले वृद्धि भइ २ हजार ४० रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया