सेन्ट्रल प्लाजामा आगलागी, फसेका व्यक्तिहरूको उद्धार गर्न दमकल र हेलिकोप्टर परिचालन

धरान: इटहरीको मेन चोकमा स्थित व्यवसायिक भवन सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रण गर्न कठिनाइ भएको छ। सेन्ट्रल प्लाजाको पाचौं तलाबाट सुरु भएको आगो अन्य तल्लामा पनि फैलिएको छ।

गृहमन्त्रालयका अनुसार, भवनभित्र केही व्यक्तिहरू फसेको जानकारी पाएपछि उनीहरूको उद्धारका लागि सेनाले हेलिकोप्टर पठाइसकेको छ।

आगलागी नियन्त्रण गर्न चारवटा दमकल र सयौं प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। सेन्ट्रल प्लाजामा होटल बरण्डा, फिल्म हल, लक्ष्मी सनराइज बैंक लगायतका दर्जनौं व्यवसाय सञ्चालनमा छन्।

प्लाजामा काम गर्ने व्यवसायी र कर्मचारीहरू भित्रै फसिरहेका छन्। प्रहरी र स्थानिय बासिन्दाले उनीहरूको उद्धार गर्न प्रयास गरिरहेका छन्, तर आगोको धुवाँ र मुस्लोको कारण त्यहाँ भएका व्यक्तिहरू बाहिर निस्कन सकिरहेका छैनन्। उनीहरूलाई सकुशल बाहिर निकाल्न पहल भइरहेको छ।

आगो नियन्त्रणमा समस्या भनेको भवनको उच्चतासँगै अग्लो संरचना भएकोले अन्य चूनौतिहरू देखिएका छन्।

यस आगलागीको कारण विद्युत् सर्ट सर्किट वा ग्यास लिक भएकाले भएको हुनसक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया