हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका-४, दुल्ली गाउँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

सदरमुकाम सिमकोटबाट सर्केगाडतर्फ जाँदै गरेको भे१ख ३७६४ नम्बरको ट्रकले अन्दाजी ६० वर्षीया नानीकली थापालाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिँदै भने, “उक्त महिला सडकमा हिडिरहेका बेला ट्रकले ठक्कर दिएको हो। चालकलाई नियन्त्रणमा लिएर सर्केगाड प्रहरी चौकीमा राखिएको छ।”

पोखरेलका अनुसार, थापाको घटनास्थलमै मृत्यु भएको थियो। ट्रक चालकको लापरबाहीका कारण थापाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाइरहेका छन्।

तपाईको प्रतिक्रिया