जाजरकोट भुकम्प: १ बर्ष बढि भयो पुननिर्माण खोइ??? कर्णाली प्रदेश सरकार भूमिका खोज्दै!!!

कर्णली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल राहत वितरणमा देखिएको असक्षमतालाई चिन्ता व्यक्त गर्नु भएको छ । इमेज च्यानलबाट प्रशारण भएको कार्यक्रम टक अफ दि टाउनमा बोल्दै उहाँले भन्नु भयो “स्थानीय सरकार र जिल्ला प्रशासनले दिइएको ५०,००० रकम पनि उचित ढंगले वितरण गर्न नसक्नु लज्जाको बिषय भएको बतउनु भएको छ ।

वहाले प्रदेश सरकारले ५० करोडको बजेट पुनर्निर्माणको लागि पारित गरेको जानकारी दिनु भयो । यस बजेटमा जाजरकोटका लागि २५ करोड, पश्चिम रुकुमका लागि NPR २२ करोड र कैलालीका लागि ३ करोड राखिएको छ, जसको मुख्य उद्देश्य स्वास्थ्य चौकी र विद्यालयहरूको निर्माण गर्नु रहेको मुख्यमन्त्री यामलाल कडेल जानकारी दिनु भयो ।

प्रदेश सरकारका प्रयासहरू बाह्य रूपमा सानो देखिन सक्ने भएता पनि, आन्तरिक रूपमा ठूलो सहयोग प्रदान गरिएको छ, जसलाई स्थानीय सरकारहरूले स्वीकार गर्नु पर्ने मुख्यमन्त्री यामलाल कडेलले बताउनु भएको छ।
पुरा कार्यक्रम दिएको लिंक बाट हेर्न सकिने छ।

तपाईको प्रतिक्रिया