अराजक बने राजावादी प्रदर्शन, घर-पसलमा तोडफोड

काठमाडौं: राजावादी प्रदर्शनकारीहरूले प्रहरीको अश्रुग्यास प्रहार पछि थप आक्रोशित हुँदै तीनकुने क्षेत्रमा व्यापारी घर र पसलमा ढुंगामुढा प्रहार गरेका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै व्यवसायिक प्रतिष्ठानमा तोडफोड गर्न थालेका छन्।

ढुंगामुढाबाट केही घर र पसलमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले तीनकुनेका एक व्यापारी घरमा तोडफोड गरी कागजपत्र निकालेर जलाईरहेका छन्।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीहरू बीच दोहोरो झडप भएको थियो। उक्त झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावपूर्ण बनेको छ, र राजावादी समर्थकहरूले कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गर्दै छन्।

तपाईको प्रतिक्रिया