प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक आज अपराह्न ४ बजे खुमलटारमा आयोजित हुने छ, भन्ने जानकारी पार्टीका सचिव दीनानाथ शर्माले दिएका छन्।

शर्माका अनुसार, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, स्थगित गरिएको तराई मधेस जागरण अभियान र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको भन्दै राष्ट्र बचाउन आफूलाई साथ दिन आग्रह गरेपछि सडकमा राजावादीहरूको गतिविधि बढेको छ।

चैत १५ गते, तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेका घटनामा माओवादीले पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने भनेको थियो।

फागुन १२ गतेदेखि शुरु भएको पूर्व–पश्चिम हुलाकी मार्गमा केन्द्रित जागरण अभियान चितवनमा पुगेर स्थगित भएको थियो। बाँकी अभियानलाई आगामी दिनहरूमा ‘ब्रेक’ बीच सञ्चालन गर्ने योजना बनाइएको सचिव शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया