भारत सरकारको ६२ करोड अनुदान सहयोगमा १० परियोजना शुरु

भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ।

कूल ६२ करोड पाँच लाख नेपाली रुपैयाँ लागतमा यी परियोजना काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला र सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले हस्ताक्षर गरेका हुन्।

यी १० वटा परियोजना नेपालका विभिन्न स्थानीय निकायहरू जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका माध्यमबाट कार्यान्वयन गरिनेछ। यी परियोजनाहरूको उद्देश्य नेपालका जनतालाई उत्कृष्ट शैक्षिक, स्वास्थ्य र सांस्कृतिक सेवाहरू प्रदान गर्नु हो।

भारतले सन् २००३ देखि अबसम्म नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआइसीडीपी) सञ्चालन गरेको छ। यी परियोजनाहरूले नेपालका सात वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक र पुल निर्माण, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक सेवाहरूको क्षेत्रमा ४९५ परियोजना पूरा गरेका छन्। बाँकी परियोजनाहरू अहिले विभिन्न चरणहरूमा सञ्चालन भइरहेको छ।

तपाईको प्रतिक्रिया