सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम

काठमाडौं — नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्यले यस दिन पनि नयाँ रेकर्ड तोडेको हो।

बिहीबार, सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेर एक लाख ८१ हजार एक सय रूपैयाँ पुगेको थियो। आज भने, सुनको मूल्य एक लाख ८५ हजार रूपैयाँ पुगेको छ, जुन अघिल्लो रेकर्डभन्दा तीन हजार नौ सय रूपैयाँ बढी हो।

यसैगरी, चाँदीको मूल्य पनि आज अघिल्लो दिनको तुलनामा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँ थियो, जुन अघिल्लो दिनको तुलनामा पाँच रूपैयाँ बढी हो।

अन्तर्राष्ट्रिय बजारमा भने, सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय नौ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया