साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बोलाए प्रधानमन्त्री केपी ओलीले

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ।

करीब एक घण्टा लामो छलफल भएको उक्त भेटलाई प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले नियमित संवादको सिलसिलामा भएको बताएका छन्।

सरकारप्रति कांग्रेस नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री ओलीले देउवासँग भेट गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलपछि दुबै नेताले सहकार्यमा अघि बढ्ने सहमति जनाएका छन् र बाहिर देखिएजस्तो कुनै समस्या नरहेको निष्कर्ष निकालिएको छ।

देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बोलाएका छन्।

तपाईको प्रतिक्रिया