सगरमाथाको उचाइ नाप्न गएको टोली चुचुरोमा

८ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ नाप्ने टोली बुधवार बिहान चुचुरोमा पुगेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेको हो ।

विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका छन्।
विभागले आउँदो मंसिरसम्म सगरमाथाको उचाइ सार्वजनिक गर्ने योजना बनाएको छ।

तपाईको प्रतिक्रिया