सन् २००६ यताकै कमजोर प्रदर्शनमा रहेको सिटी, ब्राइटनसँग २–१ ले पराजित।

काठमाडौं । पेप ग्वार्डिओला मुख्य प्रशिक्षक भएपछि पहिलो पटक म्यानचेस्टर सिटीले लगातार चार खेलमा हारको सामना गरेको छ। सन् २००६ पछि सिटीले पहिलोपटक यस्तो खराब कीर्तिमान बनाएको हो।

शनिबार प्रिमियर लिग अन्तर्गत ब्राइटनसँग २–१ को पराजयले सिटीको हारको शृङ्खला जारी रह्यो। खेलको २३औं मिनेटमा एर्लिङ हाल्यान्डले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए, तर दोस्रो हाफमा सिटीले अग्रता जोगाउन सकेन। ७८औं मिनेटमा जाओ पेड्रोले बराबरी गोल गरे भने म्याट ओरिलेले पाँच मिनेटपछि गोल गर्दै ब्राइटनलाई जित दिलाए।

जितपछि ११ खेलबाट १९ अंकसहित ब्राइटन तालिकाको चौथो स्थानमा उक्लिएको छ। सिटी भने समान खेलबाट २३ अंकसहित दोस्रो स्थानमा छ र शीर्ष स्थानको लिभरपुलभन्दा पाँच अंकले पछि परेको छ।

तपाईको प्रतिक्रिया