अमेरिका र चीनका लागि राष्ट्रपति पौडेलद्वारा नयाँ राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्। चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूतको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले यो नियुक्ति गरेका हुन्। दुवै नियुक्त व्यक्तिहरूको संसदीय सुनुवाइ र अनुमोदन यसअघि नै सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया