२२.१४ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब कारोबार

काठमाडौँ — साताको दोस्रो दिन नेप्से २२.१४ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ८० प्रतिशतले बढेको हो ।

नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने ९२ कम्पनीको सेयर मूल्य घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज १ लाख १३ हजार ९६४ पटकको सेयर किनबेचबाट २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भए । आज ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल ५ उपसमूहको सेयर मूल्य घट्यो भने ८ उपसमूहको मूलय बढ्यो । घट्ने उपसमूहहरुमा निर्जीवन बिमा, फाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र हाइड्रोपावर रहे । बढ्ने उपसमूहहरुमा जिवन बिमा, लघुवित्त व्यापार र बैंकिङ रहे ।

तपाईको प्रतिक्रिया