“यूके पठाइदिन्छु”भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ

वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाउँदै यूके पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका-३ का २४ वर्षीय रामकृष्ण दाहाललाई प्रहरीले पक्राउ गरेको छ।

उक्त अभियुक्तले एक जना पीडितबाट ३१ लाख ५० हजार रुपैयाँ लिई त्यसपछि सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-८बाट पक्राउ गरेको हो।

रामकृष्णलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।

तपाईको प्रतिक्रिया