२७ औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमहरू गर्दै मनाइयो


माघ २, २०८१ | काठमाडौं

नेपालमा हरेक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने परम्परा रहेको छ। यस वर्ष पनि २७ औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाइयो। विसं १९९० मा गएको विनाशकारी भूकम्पको सम्झनामा यो दिवस मनाइन्छ। उक्त भूकम्पको परकम्प ८ दशमलव ४ म्याग्नीच्युडको थियो, जसका कारण ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए।

२०५५ सालदेखि प्रत्येक वर्ष यो दिवस भूकम्पको पूर्वतयारी र सुरक्षा मापदण्डहरूबारे जनचेतना जगाउनका लागि मनाइन्छ। यस वर्षको भूकम्प सुरक्षा दिवसको मूल नारा “भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारी” राखिएको छ।

२०७२ सालको विनाशकारी भूकम्पको सम्झनामा पनि विशेष कार्यक्रमहरू आयोजना गरिए। यस भूकम्पमा ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवसरमा सम्बोधन गर्दै प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गर्न आवश्यकतामा जोड दिएका छन्। उनले २०७२ सालको भूकम्पपछि पुनःनिर्माण गरिएका बस्तीहरूमा सुरक्षा अवस्था तुलनात्मक रूपमा मजबुत रहेको बताएका छन्।

समारोहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणको आयोजनामा कीर्तिपुरमा विशेष कार्यक्रम भएको थियो।

तपाईको प्रतिक्रिया