सरकारले माघ २ गते २७औँ भूकम्प सुरक्षा दिवस मनाउँदै

काठमाडौं, २८ पुस । शहरी विकास तथा भवन निर्माण विभागले आगामी माघ २ गते २७औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ ।

आइतबार विभागले पत्रकार सम्मलेन गर्दै ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भूकम्प सुरक्षा दिवस मनाउन लागेको जानकारी दिएको हो ।

विज्ञप्तीमा लेखिएको छ,‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’भन्ने मूल नाराका साथ देशब्यापी रुपमा विविध कार्यक्रमहरु संचालन गरी २७औं भूकम्प सुरक्षादिवस देशैभर मनाउने कार्यक्रम रहेको छ ।’

विभागका अनुसार यस दिवसको मूल समारोहको कार्यक्रम कीर्तिपुर नगरपालिका स्थित वि.पी. कोइराला मेमोरियल विज्ञान संग्राहलय परिसरमा आयोजना गरिनेछ ।

यसदिन कीर्तिपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामबद्ध भई भूकम्प सुरक्षा ¥यालीमा भागलिने छन् । कीर्तिपुरको पाँगा दोबाटोबाट शुरु भएर उक्त ¥याली पाँगा बसपार्क, लाछीभ्यावं, नगाउँ, खसीबजार, बाघ भैरव मन्दिर, इट्टाछे, मंगल स्कूल, नगरपालिकाभवनहुँदै कार्यक्रमस्थल आइपुग्ने छ ।

कार्यक्रम स्थलमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिने र सो कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने बिभिन्न संघसस्थाहरुको पनि सहभागिता रहने विभागले जनाएको छ ।

भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मूल समारोहको कार्यक्रम बाहेक विभिन्न निकायहरुको सक्रियतामा प्रदेश तथा स्थानीयतह लगायत देशभरी नै गोष्ठी, छलफल, ¥याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता कार्यक्रहरु, रक्तदान, सडकनाटक, अडियो भिडियो कार्यक्रमहरु लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरु आयोजना हुने पनि विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया