कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री

कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै हुनुहुन्छ । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ। अहिले बालुवाटारमा छलफल जारी छ। छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत उपस्थित छन्।  ...

मेलम्ची पहिरोमा पुरिएका आठ जनाको शव निकालियो

सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति पहिरोमा परेर पुरिएका आठ जनाको शव निकालिएको छ। ‘घाइते एक जनाको उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको लगिएको छ। मेलम्ची बजारको छेउमा कर्भड हल निर्माण गर्दै आएका मजदुरहरुलाई पहिरोले परेको थियो । कभर्ड हल बनाउन ती मजदुरहरू २० दिनअघि मेलम्ची बजार आएका थिए।...

सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भासियो

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल तानसेन–सडक  ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन अलपत्र परेका छन् । पाल्पा प्रहरीकाअनुसार विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिएपनि ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको बताएको छ । प्रहरीकाअनुसार दोभान नजिकै झण्डै ३ मिटर पक्की सडकको...

भूकम्पपछिको पुनर्निर्माण: खर्चबारे महालेखाको प्रश्नै प्रश्न, प्राधिकरण भन्छ- महालेखाको भनाइ त्रुटिपूर्ण

भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेका कैयौँ खर्चप्रति यस वर्ष महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। किस्ता रकम लिएर घर नबनाउने वा घर प्रबलीकरण नगर्ने लाभग्राहीहरूबारे अनुसन्धान गरी सरकारले दिएको रकम सदुपयोग भएको सुनिश्चित गर्नुपर्ने महालेखाको ५७ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ। त्यसबाहेक कतिपय व्यक्तिहरूले अन्यत्र घर हुँदाहुँदै भूकम्प पीडितका नामको सरकारी...

बाढीले बगर बनेका खेतलाई रोपनीको दुई हजार क्षतिपूर्ति

दमौली : बाढी र पहिरोका कारण बगरमा परिणत भएका खेतलाई तनहुँको बन्दीपुर गाउँपालिकाले क्षतिपूर्ति दिने निर्णय गरेको छ। बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले प्रति रोपनी दुई हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए।  ‘खेती लगाएका र बगरमा परिणत भएका धेरै ठाउँबाट गुनासो आएकाले गाउँपालिकाबाट राहत दिने निर्णय भएको...

बिहीबार यी स्थानमा भारी वर्षा

बिहीबार यी स्थानमा भारी वर्षा
बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, नारायणी र यसका सहायक नदीमा भने बाहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाको...

तटीय क्षेत्रका बस्ती डुबानमा

काठमाडौँ, साउन ७ । तीन दिन देखिको वर्षाबाट देशका ठूला नदीको सतहले खतराको तह पार गर्दा तटीय क्षेत्र आसपासका बस्ती डुबानमा परेका छन् । कतिपय भेगमा बाढी र डुुबानको अवस्था कायम रहे पनि बुुधबारदेखि पानी पर्ने क्रममा भने केही कमी हुनसक्ने बताइएको छ । वर्षा कम हुुँदै गए पनि जोखिम...

देशभर भारी वर्षा : धेरै नदीहरुले खतराको तह पार गरे

आइतवारदेखि सुरु भएको मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोजन्य विपद्‍बाट तीन दिनमा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। पहिरोका कारण काठमाण्डू जोड्ने एउटा प्रमुख सडक पृथ्वी राजमार्ग सहित ठूला-साना दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको अधिकारीले बताएका छन्। चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै...

म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो

बीबीसी- उत्तरी म्यान्मारको एउटा रत्न खानीमा गएको पहिरोमा पुरिएर मृत्यु हुने मानिसको सङ्ख्या १६२ पुगेको अधिकारीहरूले बताएका छन्। कचिन प्रान्तमा हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ। ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न 'जेड' खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ। ठूलो वर्षापछि उक्त स्थानमा पहिरो गएको थियो। म्यान्मार जेडको...

चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?

चट्याङका कारण केही दिनयता नेपालसँग सीमा जोडिएका दुई भारतीय राज्य बिहार र उत्तर प्रदेशमा १०० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको अधिकारीहरूले बताएका छन्। विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार बिहारमा मात्रै ८३ जनाको ज्यान गएको छ भने घाइते २० जनाको अस्पतालमा उपचार भइरहेको छ। उत्तर प्रदेशमा कम्तीमा २० जनाको ज्यान गएको छ। मौसम अझ...