तीनकुनेबाट केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँको तीनकुने क्षेत्रबाट केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रहरीले ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिएका छन्। प्रहरीले पूर्वराजाका समर्थकहरूलाई बानेश्वरतर्फ जानबाट रोक्न अश्रुग्यास र लाठी प्रहार गरेको छ। बानेश्वरतर्फ प्रवेश गर्न चाहने ४ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबिचको भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबिचको भेटवार्ता
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरुबिचबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा, मन्त्री यादवले जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहित गर्न आग्रह गरे। मन्त्री यादवले नेपालको विकासका प्राथमिक क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्न अपार सम्भावना रहेको बताउँदै जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न...

मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा: सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी

काठमाडौँ । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूले दोहोरो आवास सुविधा लिएको विषयमा परेको रिटमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ। ...

राजावादी र समाजवादी मोर्चालाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह

राजावादी र समाजवादी मोर्चालाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजावादी समूहलाई शुक्रबारको प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको छ। प्रदर्शनका क्रममा दुवै पक्षबीच टकरावको अवस्था सिर्जना भएमा त्यसले शान्ति र सुरक्षा कायम राख्न चुनौती उत्पन्न गर्न सक्ने बारे आयोगले विज्ञप्ति जारी गरी चासो प्रकट गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार एक...

आज १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँ रहेको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर दुई...

साहब आलमले प्रधानमन्त्री कपमा १०० विकेट पुरा गरे

साहब आलमले प्रधानमन्त्री कपमा १०० विकेट पुरा गरे
काठमाडौँ: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा साहब आलमले १०० विकेट पुरा गरेका छन्। लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसविरुद्ध साहब आलमले ४ विकेट लिँदै १०० विकेटको आंकडा पुरा गरेका हुन्। यससँगै साहब आलम प्रधानमन्त्री कपमा १०० विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले ४७ इनिङ्समा ५१ मेडनसहित १ हजार ३६१...

नेपाली जनताले द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन्, पीडितलाई न्याय दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले द्वन्द्वका घाउलाई बिर्सन चाहेको बताएका छन्। आज जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित सङ्गठनद्वारा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको बाटो छोडिसकेकाले अब पीडितलाई न्याय दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले भने, “सबै नेपाली जनता द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन्। हामी हिंसाको...

प्रतिनिधि सभा बैठक समय २ बजे

काठमाडौँ। बिहीबार बिहान ११ बजे तय भएको प्रतिनिधि सभाको बैठक अब २ बजे बस्ने भएको छ। सभामुख देवराज घिमिरे र प्रमुख दलका सचेतकहरूसँग अवरोध हटाउने विषयमा भएको छलफल नमिल्दा बैठकको समय परिवर्तन गरिएको हो। प्रतिपक्षले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान कायम राखेको छ।...

तलब नपाएको भन्दै शिक्षकहरूले काठमाडौँ महानगरको गराए ध्यानाकर्षण

तलब नपाएको भन्दै शिक्षकहरूले काठमाडौँ महानगरको गराए ध्यानाकर्षण
काठमाडौँ महानगरपालिकामा कार्यकारी अधिकृतको अभावका कारण शिक्षक र कर्मचारीहरूले पाँच महिनादेखि तलब प्राप्त गर्न सकिरहेका छैनन्। तलब नपाएपछि शिक्षकहरूले कोठा भाडा तिर्न नसकेको, दैनिक आवश्यक सामग्री खरिद गर्न नसकेको र औषधि उपचार गर्न नपाएको समस्याबारे जनाएका छन्। तलब बिना उनीहरूले नियमित कार्य सञ्चालन गर्न कठिनाइ भएकोले तत्काल शिक्षक र कर्मचारीहरूको तलब...

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले जारी गर्यो ३० दिने सूचना

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले जारी गर्यो ३० दिने सूचना
काठमाडौं: सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिहरू, कम्पनीहरू वा संस्थाहरूलाई एक महिनाभित्र सरकारी निकायमा दर्ता गराउन सूचना जारी गरेको छ। एक महिनाभित्र दर्ता नगर्ने सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गराउन सकिने चेतावनी पनि दिइएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज...