अमेरिकामा डढेलोका कारण ५ को मृत्यु, १ लाख ३७ हजार विस्थापित

क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोले कम्तीमा ५ जनाको ज्यान लिएको छ। डढेलोका कारण १,१०० भन्दा बढी संरचनाहरू नष्ट भएका र १ लाख ३७ हजार व्यक्तिहरू विस्थापित भएका अधिकारीहरूले जानकारी दिएका छन्।

लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिएको छ र यस समय लस एन्जलस र भेन्चुरा काउन्टीका ६ स्थानमा डढेलो फैलिएर ५ स्थानमा पूर्ण रूपमा अनियन्त्रित भएको छ।

प्यालिसेड्स, इटन, हर्स्ट र वुड्ली क्षेत्रका डढेलो नियन्त्रण बाहिर रहेका छन्। भेन्चुरा काउन्टीको करिब ११ एकड क्षेत्रफलमा आगो फैलिएको छ, र सबैभन्दा घातक डढेलो प्यासिफिक प्यालिसेड्स क्षेत्रमा लागेको छ, जसलाई सहरको इतिहासकै सबैभन्दा विध्वंसकारी आगो मानिएको छ।

बीबीसीका अनुसार, नयाँ डढेलो हलिवुड हिल्स क्षेत्रमा फैलिरहेको छ, र बुधबार साँझदेखि एक घण्टाभित्र २० एकड क्षेत्रमा आगो फैलिएको छ।

तपाईको प्रतिक्रिया