अस्ट्रेलियाविरूद्ध भारतको खराब ब्याटिङ, सात ब्याटरले बनाउन सकेनन् दोहोरो अंकमा रन

‍घरेलु टोली अस्ट्रेलिया र भारतबीच पाँचको खेलको टेस्ट सिरिज शुक्रबारदेखि पर्थमा सुरू भएको छ।

पहिलो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्ग्समा पहिलो दिनको टी ब्रेकअघि १५० रनमै अलआउट भएको छ।

ओपनर यशस्वी जैसवाल शून्यमा आउट भएका थिए। उनले आठ बल मात्र खेले। अर्का ओपनर केएल राहुलले २६ रन मात्र बनाउन सके। 

देवदुत पाडिकलले २३ बल खेल्दा कुनै रन बनाउन सकेनन्। विराट कोहली पनि ५ रनमा आउट हुँदा भारत सुरूमै संकटमा परेको थियो।

अस्ट्रेलियाका मिचेल स्टार्कले भारतका दुवै ओपनरलाई आउट गर्दा हजलउडले पाडिकल र कोहलीलाई सिकार बनाए। 

ध्रुव जुरेल ११ रन, वासिङटन सुन्दर ४ रन र हर्षित राना ७ रनमा आउट हुँदा भारतको मध्यक्रम पनि ध्वस्त भएको थियो। रिशव पन्तले ३७ रन र नितिश कुमार रेड्डी ४१ रन जोडे। रेड्डी र हर्षित रानाले टेस्टमा डेब्यू गरेका हुन्। यस्तै कप्तान जसप्रित बुमराह ८ रनमा आउट भए।

बलिङमा अस्ट्रेलियाका हजलउडले ४ विकेट लिए भने स्टार्क, पाट कमिन्स र मिचेल मार्सले २-२ विकेट लिन सफल भए।

तपाईको प्रतिक्रिया