कोप २९ मा जम्बो टोली किन ?

७ कात्तिक, काठमाडौं – संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा नेपालबाट जम्बो टोली पठाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ। आयोगले वन तथा वातावरण मन्त्रालयलाई पत्र पठाउँदै नेपालबाट तीन जना मात्र जानुपर्नेमा ३१ सदस्यीय टोली किन पठाइएको भनी सोधेको छ।

वन मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट ३१ जनाको टोली बाकु पुगेको छ। टोलीमा वनमन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा. दीपक कुमार खराल, प्रशासन महाशाखा प्रमुख भुपाल बराल, र उपसचिव शोभाकर रेग्मीलगायतका अधिकारी छन्।

अख्तियारले पत्रमार्फत् टोलीको संख्या, आवश्यकता, र औचित्यबारे स्पष्ट पार्न आग्रह गरेको छ। मन्त्रालय स्रोतका अनुसार प्रशासन महाशाखा प्रमुख बराल १६ तारिख काठमाडौं फर्केपछि अख्तियारलाई जवाफ पठाइनेछ।

यसैबीच, वन राज्यमन्त्री रुपा विकको समेत कोप २९ मा जाने कार्यक्रम तय भए तापनि स्वास्थ्य समस्याका कारण जान नचाहेको बताएकी छन्।

तपाईको प्रतिक्रिया