तिब्बतका भूकम्पपीडितलाई ३७ लाखको सहयोग

काठमाडौँ — चीनको तिब्बतको डिङ्ग्री काउन्टीमा भएको भूकम्पका पीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा नेपाली दुःख निवारण कल्याणकोषले ल्हासा बसोबास गर्ने नेपाली समुदायबाट सङ्कलित ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँको सहयोग प्रदान गरेको छ।

यस रकमलाई ल्हासास्थित रेडक्रस कार्यालयमा आयोजित एक कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले रेडक्रसका प्रमुख लियो यिदोङलाई हस्तान्तरण गरे।

ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार, लियोले सहयोग रकम स्वीकार गर्दै महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गरे। यस अवसरमा नेपाल-चीन सम्बन्धका विविध विषयमा लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरोलाबीच छलफल पनि भएको थियो।

तपाईको प्रतिक्रिया