तीनकुने घटनामा संलग्न १७८ जना पक्राउ, ७३ जनाविरुद्ध मुद्दा चलाउने तयारी

काठमाडौं : चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका व्यक्तिहरूलाई प्रहरीले ठूलो मात्रामा पक्राउ गरेको छ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले १३ महिला र १५५ पुरुषसहित कुल १७८ जनालाई पक्राउ गरेको छ। तीमध्ये ५५ जनालाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

पक्राउ परेकामध्ये ७३ जनाविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको र अन्य संलग्नहरूको खोजी जारी रहेको परिसरका सूचना अधिकारी अपीलदेव बोहराले जानकारी दिएका छन्।

“घटनामा संलग्न व्यक्तिहरूको खोजी अझै जारी छ। अहिलेसम्म १७८ जनालाई पक्राउ गरिसकेका छौँ, र केहीलाई परिवारको जिम्मा लगाएका छौँ,” उनले भने।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको र २० जनालाई गोली प्रहार गरिएको थियो। घटनापछि प्रहरीको सुरक्षा कमजोरी र चुकबारे पनि प्रश्न उठेका छन्।

तपाईको प्रतिक्रिया