राजावादी प्रदर्शनको उग्ररूप पछि काठमाडौँमा कर्फ्यु लागू

काठमाडौँ । काठमाडौँको तीनकुने आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरिएको छ।

राजावादीका प्रदर्शनहरूले स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश लागू गरेको हो।

कर्फ्यु शुक्रवार अपराह्न ४:२५ बजे देखि राति १० बजेसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिएका छन्।

यस अवधिमा तोकिएका स्थानहरूमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न निषेध गरिएको छ। साथै, सो क्षेत्रमा आवतजावत पनि प्रतिबन्धित गरिएको छ।

कर्फ्यु आदेश गौशाला, एयरपोर्ट, गैरीधारा, तीनकुने, कोटेश्वर, जडिबुटी पुल, बालकुमारी पुल, बानेश्वर, शंखमुल पुल, पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लागू गरिएको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया