पत्रकार साथीहरु,
आज संसदमा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार । त्यस व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो । दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बखत संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणहरु बारे जानकारी गराउने र विभिन्न निर्णयहरु बारे जानकारी गराउने, विभिन्न गतिविधिबारे जानकारी गराउने त्यो अभ्यास हुन्छ र प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समय भन्दा पहिले आफूले बोल्नु पर्छ भन्ने त्यस्तो बालहठ लोकतन्त्रमा कही पनि हुँदैन ।
तर आश्चर्य लाग्दो गरी आज अगाडिदेखि तय भएको प्रधानमन्त्रीले सम्बोधन गर्ने ११ बजे देखि भन्ने पहिले आफूले बोल्न पाउनु पर्छ भनेर नेपाली कांग्रेसले अड्डी लियो । अड्डी मात्रै लिएन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर संसदको कामकारवाहीलाई अवरोध गर्यो । विषय केही पनि थिएन । कुनै विषयमा मतभेद पनि होइन । तर, लोकतान्त्रिक अभ्यासमा बोल्न पर्दा पहिले प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलको नेताले, त्यसपछि मर्यादा क्रमका व्यक्तिले बोल्ने कुरा विश्वव्यापी प्रचलन हो । त्यो जहाँ पनि हुन्छ । तर हरेक क्षेत्रमा निहुँ खोज्ने त्यस उद्देश्य अन्तर्गत नेपाली कांग्रेसका सभापति, लामो समयदेखिका मेरा मित्र, लोकतान्त्रिक आन्दोलनमा पनि अलि लामै समय साथ दिएका मित्र शेरबहादुर देउवा आफैँ नेतृत्व गरेर प्रधानमन्त्रीले होइन मैले बोल्न पाउनु पर्छ भनेर वेल घेर्ने कामको नेतृत्व गरेर अगाडि जानु भयो । आश्चार्य चकित भएँ म । उहाँलाई संसदीय मर्यादा त्यति थाहा हुनुपर्ने । जे होस् संसद अवरुद्ध भयो ।
तर यसको अर्थ यो होइन कि संसदमा बोल्न खोजेको कुरा चाहेको कुरा मैले संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर बोल्न खोजेको होइन । संसदमा जो असंसदीय गतिविधि भयो, अमर्यादित क्रियाकलाप भए र त्यसतर्फ ध्यानकर्षण गर्न खोजेको हुँ ।
संसदमा बोल्नु पर्ने कुरा समयक्रममा फेरि बोलिने नै छ । तर म स्मरण गर्छु, हामीले धेरै लामो बलिदानपूर्ण संघर्षबाट आजको अवस्था ल्याएका हौं । तर आज लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध, संघीयताको विरुद्ध अथवा जनताको शासनका विरुद्ध, जनताको सार्वभौमसत्ताका विरुद्ध, लोकतान्त्रिक प्रणाली र अभ्यासकाविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी बहुतै देखा परेको छ ।
प्रगतिशील शक्ति देख्न नचाहँदा २०१७ साल
संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध विभिन्न प्रकारका तत्वहरु घोर दक्षिणदेखि घोर बामसम्म अति बामपन्थी तत्वदेखि अति दक्षिणपन्थी तत्वसम्म अति बामउग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादी समूह एक जुट भएको अवस्था र म त्यसको प्रतिविम्ब जुन कुराप्रति सजग हुनुपर्ने लोकतान्त्रिक शक्तिहरु, जसका बीचमा एकता हुनुपर्ने त्यो नभएको मात्रै होइन । त्यसलाई बिथोल्न लोकतान्त्रिक शक्ति नै अग्रसर भएको देख्दा आश्चार्य लाग्छ । यही कुरा ००७ सालको आन्दोलन पछि साथ लिएर मिलेर चल्नुपर्ने ठाउँमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिसँग मिलेर चल्ने गलत नीतिको कारणले संविधान बन्न लामो समय लाग्यो र उपयुक्त संविधान बन्न सकेन । ००७ साल पछि त्यही नीतिको कारणले, प्रतिक्रियावादीसँग मिल्ने कारणले र प्रगतिशील शक्तिहरुलाई देखि नसहने कारणले, जनपक्षीय शक्तिलाई देखिनसहने कारणले । त्यसै कारणले ०१७ साल जस्तो घटना भयो । परिस्थिति यस्तो भयो त्यसै कारणले त्यस्तो प्रतिगामी घटना हुदा पनि एकता गर्न मानिएन । लोकतन्त्रका पक्षधर शक्ति तानाशाहीका विरुद्ध लडौं भन्ने प्रस्ताव पनि मानिएन । विचित्रको एउटा लोकतन्त्रको आवरणभित्र एउटा प्रतिक्रियावादी प्रतिगामी संकीर्णवादी चरित्र त्यो रहेको छ ।
लोकतन्त्रमा आफूबाहेक अरुलाई पनि स्वीकार्नुपर्दछ
पछिल्लो समय हामी लोकतान्त्रिक शक्तिहरु एकजुट भएर लड्यौं । उपलब्धिहरु हासिल गर्यौँ । तर लोकतान्त्रिक शक्तिहरु एकता भएर उपलब्धि हासिल गर्ने भनेको फलानो सरकारमा रहनु पर्ने, फलानोले नै सरकार सञ्चालन गर्नु पर्ने, अरु प्रतिपक्षमा रहनु पर्ने र पछाडि हुनपर्ने, जनताले अभिमत पनि दिन नपनुपर्ने न्याय होइन । जबजब आफू भन्दा अरुले जनताको अभिमतबाट आउँछन्, लोकतन्त्रमा स्वीकार्नुपर्दछ लोकतान्त्रिक शक्तिले । लोकतन्त्र भनेको त्यही हो । आफू भन्दा अरु आएकोलाई पनि स्वीकार्नुपर्दछ । आफू आए ठीक र छ आफू नआए बेठीक छ र चल्न नदिने हो भने लोकतन्त्र चल्दैन । आज जुन प्रवृति देखा परिरहेको छ, त्यसले लोकतान्त्रिक अभ्यास अगाडि जान सक्दैन । यो बहुतै गम्भीर खालको अवस्था हो । त्यसकारण म सबैलाई भन्न चाहन्छु, कि यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व, साझा कर्तव्य हो ।
अहिलेको सरकार देशप्रति, देशको सार्वभौमप्रति, स्वाधीनता, स्वतन्त्रताप्रति, भौगोलिक अखण्डताप्रति, राष्ट्रिय हितहरुप्रति र स्वाभिमानहरुप्रति अत्यन्तै सजग छ, दृढ छ, यो इतिहासले प्रमाणित गरेको छ । यो भनिएको मात्रै कुरा होइन । गरिएको काम हो, राखिएको अडान हो ।
त्यसैगरी अहिलेको सरकार लोकतान्त्रिक मूल्य मान्यताहरुका निम्ति, अरुले ल्याइदिएको लोकतन्त्र स्वीकारेर त्यस परिस्थितिको प्रयोग गरेर आएको मात्रै होइन । अहिलेको सरकार लोकतान्त्रिक आन्दोलनको लामो श्रृंखलामा अग्रभागमा रहेर बलिदानपूर्ण संघर्ष गरेर आएको हो र लोकतन्त्रका मूल्य मान्यताहरु स्थापित गरेको हो । संविधान लेखेर आएको हो । परिवर्तन ल्याएर, परिवर्तन सकार पारेर आएको सरकार हो र अहिले जुन पार्टीले सरकारको नेतृत्व गरेको छ या सरकार जुन पार्टीको छ ।
प्रेस स्वतन्त्रता र मर्यादित प्रेसप्रति सरकार प्रतिबद्ध
यो पार्टी अचानक फुत्त कतैबाट निस्किएर कुनै एउटा सेनसेसनल वाला नारा केही दिएर सरकारमा पुगेको होइन । अझ यो बहुतै लामो संघर्षका उतार चढावहरुबाट आएको र लोकतन्त्रको रक्षाका निम्ति प्रतिबद्ध सरकार हो । लोकतन्त्र प्रणाली मात्रै होइन लोकतान्त्रिक प्रक्रियाको पनि र लोकतन्त्रमा स्वतन्त्रताका हकहरु, मौलिक हकहरु तमामप्रति सरकार सजग छ । प्रेस स्वतन्त्रता, मर्यादित प्रेस, जिम्मेवार प्रेस, स्वतन्त्र प्रेस यसका उद्देश्यहरु हुन् र मानव अधिकारप्रति प्रतिबद्ध छ ।
विकासका प्रयासहरुमा त्यत्तिकै यो वातावरण र अन्य पक्षहरु, दुरगामी अर्थ, महत्व र बहुआयामिक पक्षहरुमा ध्यान दिएर चल्छ । यो सरकार देश बनाउने अभिभारा बोकेर अभियानमा संलग्न छ । त्यसै कारण यसले साम्प्रदायिक विद्वेष भड्काउन खोज्दा त्यस्ता कुराहरुका पछाडि लागेन । यसले सामाजिक न्याय र समानतामा आधारित सामाजिक सदभावमा आधारित राष्ट्रिय एकतामा सदैव जोड दियो र फेरि पनि सामाजिक सदभावमा आधारित राष्ट्रिय एकतामा जोड दिन्छ । सामाजिक न्याय र समान्तामा जोड दिन्छ ।
यस पार्टीले यस सरकारले स्वाभाविक रुपमा शान्ति, स्थिरता, स्थायित्वको पक्ष लिन्छ । ती कामहरु यसले गर्छ र समृद्धिको काममा यो लागेको छ । आज केही तत्वहरु आत्तिएको देखिन्छ, समृद्धि कामलाई यस सरकारले अगाडि बढाउने भयो भनेर । म दृढताका साथ भन्न चाहन्छु समृद्धिका कामहरु अगाडि बढ्ने छन् र बढाइने छ । समृद्धिको यात्रा रोकिँदैन । सुशासन र विकास आजको मुल मन्त्र हो र त्यसलाई साकार पार्दै यो सरकार अगाडि बढ्छ ।
नेपालको भूमिका प्रमुख रह्यो
अब यस बीचमा म युरोप गएँ । युरोपमा आई एल ओ को सतवार्षिकी, सतवार्षिक समारोह लगायत अक्सफोर्ड विश्वविद्यालय त्यसै गरेर बेलायतको औपचारिक भ्रमण, प्रधानमन्त्रीजीसँगको दुईपक्षिय वार्ता, राजकुमार ह्यारीसँग भेटघाट, विपक्षी दलका नेतासँगको भेटघाट, सर्वपक्षिय पार्लियामेन्ट्री ग्रुपसँगको भेटघाट, गोर्खा ब्रिगेड र उहाँहरुको स्थलगत सेन्टर्स भन्ने ठाउँमा निरीक्षण लगायतका र त्यहाँ व्यापारिक समुदाय समेतसँग व्यापक रुपमा भेटघाट र छलफल गरियो र नेपाली समुदायसँग पनि ब्यापक रुपमा भेटभाट गरियो ।
यसबाट हाम्रो नेपाल र ब्रिटेन दुई देशको बीचको २०३ वर्ष पुरानो सम्बन्धलाई अझ सुदृढ बनाउने काम गरिएको छ र पारस्परिक हितको विषयमा बहुतै मैत्रिपूर्ण वातावरणमा कुरा गरिएको छ र विभिन्न पक्षमा पार्लियामेन्ट्री, प्रतिपक्षीय, सरकार पक्षीय समेत व्यापारिक लगानीकर्ताहरु अनेक पक्षहरुसँग पनि कुराकानी भएको छ । त्यसले नेपालको प्रभाव, प्रतिष्ठा बढाउने काम गरेको छ । अक्सफोर्डमा सम्बोधन गरिएको छ ।
त्यो हाम्रा विचारहरु एकैचोटी ४०/४५ लाख भ्यूअर्सले एकै चोटी हेरेको हामीलाई बताइएको थियो । मैले बोलिरहेको बेला पनि ४० लाखको संख्यामा भ्यूअर्स पुगेको जानकारी गराइएको थियो । त्यो ठाउँमा हामीले नेपालका उपलब्धिहरु, नेपालका आवश्यकताहरु, नेपालको अवस्था र नेपाल कता जान चाहन्छ ? नेपाल कसरी अगाडि बढ्न चाहन्छ ? नेपालका आंकाक्षाहरु पनि बतायौँ ।
त्यसै गरेर फ्रान्समा प्रधानमन्त्रीय टोली पार्लियामेन्ट्री कमिटीका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख लगायतसँग भेटघाट भयो र खास गरी प्रधानमन्त्रीसँग दुईपक्षीय हितका विषयमा कुराकानी भए । त्यहाँका व्यापारिक समुदायसँग छलफलहरु भए र छुट्टाछुट्टै विभिन्न व्यापारिक कम्पनीहरुसँग छुट्टाछुट्टै रुपमा कुराकानी भयो र उहाँहरुलाई नेपालमा लगानीका आमन्त्रण गर्ने कामहरु भयो ।
त्यसै गरेर जेनेभामा आई.एल.ओ.को साईडलाइनमा पनि र औपचारिक ठाउँहरुमा पनि हामीले टर्कीका उपराष्ट्रपति, नर्वेका प्रधानमन्त्री, स्विजरल्याण्डका पूर्व राष्ट्रपतिसँग समेत गर्यौँ र अरु संक्षिप्त भेटघाटहरु राष्ट्रसंघका महासभाका अध्यक्ष, दक्षिण अफ्रिका राष्ट्रपति लगायतसँग पनि भेटघाट भयो र नेपालको बारेमा राम्ररी हामीले ध्यानाकर्षण गर्यौँ र नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा भूमिकालाई विस्तार गर्ने काम गरेका छौँ ।
त्यस कारण ७ दिनको यो भ्रमण राम्रो भएको छ । यसले ती देशसँगको सम्बन्धलाई प्रत्यक्ष रुपमा त्यसै गरी युयानसँगको सम्बन्ध, दक्षिण अफ्रिकासँगको सम्बन्ध, नर्वेसँगको सम्बन्ध, टर्कीसँगको सम्बन्धहरुलाई पनि अगाडि बढाउने कामहरु गरेका छौँ र हामीले हाम्रो देशको आई.एल.ओ.मा हाम्रा देशको उपलब्धिको बारेमा, मजदुर आन्दोलनको बारेमा, मजदुरहरुले प्राप्त गरेका सफलताको बारेमा, मजदुर आन्दोलनका उपलब्धिहरुका बारेमा र हामीले तयार गरेका कानुनहरुका बारेमा प्रस्तुत गर्यौँर त्यो एउटा हाम्रो भूमिका त्यहाँ लिडिङ्ग भूमिकाको रुपमा रह्यो त्यो एउटा अर्को खुसीको कुरा हो ।
विदेश हुँदा गुठीका नाममा तनाव बढाउने प्रयास भयो
यसबीचमा यता म बाहिर गएपछि देश भित्र केही तनाव बढाउने प्रयासहरु भएछन् । खास गरी गुठी सम्बन्धी विधेयकको कुरालाई लिएर । गुठी सम्बन्धी विधेयक यो २०३३ सालमा बनेको ऐन ३३ सालको ऐनले गुठी संस्थान बनायो र गुठी संस्थानले राम्ररी काम गर्न सकेनन् भन्ने गुठीयारहरुकै विभिन्न गुठीयारहरुकै पहिलेदेखि आवाज उठेको हो । यो गुठी संस्थानले राम्ररी काम गर्न सकेनन् ।
हामीले गुठी संस्थानका पदाधिकारीहरुबाट उपयुक्त ढंगले काम गर्न भएन भनेपछि पुनर्गठन गर्न चाह्यौँ । पुनर्गठन गर्न खोज्दा फेरि सम्मानित अदालतबाट पुनस्र्थापित भएर उनीहरु फर्किए । त्यस पछि गुठी संस्थानले गुठीहरुको सुसञ्चालन गर्न सकेन । त्यसलाई सुसञ्चालन गर्ने गरी कसरी अगाडि बढ्ने भन्दा त्यसलाई प्राधिकरणको रुपमा लैजाउ र त्यसलाई भंग गरेर अगाडि जाउ । हाम्रा गुठीहरु एउटा उल्टो र भ्रमपूर्ण कुराहरु परेको छ । प्रचारमा गएको छ ।
त्यो उल्टो र भ्रमपूर्ण कुरा के भने हामीले चाहेका हाम्रा सम्पदाहरुको, हाम्रा धरोहरहरुको, हाम्रा संस्कृतिको संरक्षण गर्न हो । अहिले ल्याउन खोजेको विधेयक पनि त्यहि हो । त्यो संरक्षण गर्नका लागि हो । त्यसको दुरुपयोग नहोस् । त्यसका दुइटा पक्ष छन् । एउटा काठमाडौं भित्र बहाल, बैली, धार्मिक गुठी, निजी गुठी जहाँ विभिन्न समुदायले आफ्ना आफ्ना परिवार जस्तो गरेर गुठीहरु बनाएका छन् र त्यो हाम्रा परम्पराहरुसँग, हाम्रा संस्कृतिसँग, हाम्रा चाडहरुसँग, अनेक कुराहरुसँग जोडिएका छन् र तिनीहरुको सम्पत्तिको सुरक्षा पनि होस् र तिनीहरु हिनामिना नभइकन सञ्चालन हुन पाउन । तिनको सम्पत्तिको सुरक्षा होस भन्नका निम्ति हो ।
त्यो प्राधिकरणले गुठी सञ्चालन गर्ने होइन । गुठी सञ्चालन गर्ने त्यस्तो व्यवस्था कतै छैन । गुठी सञ्चालन गर्ने भनेको होइन प्राधिकरणले बहुतै भ्रमपूर्ण कुरा गरियो । म सम्झिन्छु कस्ता कस्ता मान्छेहरु छन् आन्दोलनमा त्यो भन्न चाहन्न । कति गुठीको माया गर्ने ? कति संस्कृतिको, कति परम्पराको ? माया गर्ने मान्छेहरु छन् । यसै देशमा मध्यरातमा क्रेन लिएर गएर सिँगै मुर्ति भक्तपुरको चोकैमा मर्काको पनि सम्झना आउँछ । यो त त्यही देश होला जहाँ जनताले रक्षा गर्नु परेको थियो ।
यस देशमा कति मुर्तिहरु हराए ? तिनीहरु हराउन नपाउन, गायब हुन नपाउन, हाम्रा धरोहर, हाम्रा संस्कृतिहरु, हाम्रा सभ्यताहरु ती सुरक्षित संरक्षित हुन सकुन् । म त्यतापट्टि जान चाहन्न । २०३३ सालमा गुठी संस्थान बनेपछि थुप्रै गुनासाहरु पटक पटक आए । पहिले पनि आए, पछि पनि आए । ३५ सालमा एउटा निर्देशिका जारी भयो । त्यस निर्देशिकाले दुई भागमा गुठीहरुलाई वर्गीकरण ग¥यो र राज गुठी र निजी गुठी भन्यो । राज गुठीलाई ४ भागमा वर्गीकरण ग¥यो र यसलाई यसरी चलाउने, यस्तो गर्ने, यो गर्ने त्यसका आफ्ना थितिहरु बने । तर पनि स्थिति उपयुक्त बनेन । पछि विभिन्न समयमा मस्यौंदाहरु, कानूनहरु, विधेयकहरु प्रस्तुत भए ।
राष्ट्रिय सभामा प्रस्तुत भएको विधेयक संसद नै भंग भएको हुनाले त्यो विधेयक त्यो छलफलमा आउन अगाडि जान सकेन । त्यतिकै रह्यो, पछि पनि विधेयकहरु आउन खोजे । अहिले पनि काठमाडौंको समस्या एउटा छ, बाहिरको समस्या एउटा छ । बाहिर गुठीहरुबाट, गुठीका नाममा जनता प्रताडित छन् । शोषणमा परेका छन्, शोषित भएका छन् । त्यस कारण ती ठाउँहरुको व्यवस्था गर्नु एउटा कुरा हो र काठमाडौंमा जुन ढंगले निजी गुठी सञ्चालनमा आएका छन् । ती निजी गुठी त्यसै गरी सञ्चालन सुरक्षित ढंगले हुनुपर्छ भन्ने नै हो ।
तर, कुरा मिसमास गरेर अत्यन्तै भ्रमपूर्ण ढंगले त्यसलाई उछालियो । घाँसको एउटा हरियो स्याउलो भित्र, हरेउ त एउटा नै हुन्थियो । डालो एउटा थियो । हजार वटा हरियो देखा पर्ने स्थिति बन्यो । त्यस कारण भर्खरै माननीय भूमिसुधार मन्त्रीले केही सरोकारवालासँग परामर्श गर्नुपर्ने, छलफल गर्नपर्ने, विज्ञहरुका पनि राय सुझावहरु लिन पर्ने देखिएको र यो भ्रमपूर्ण वातावरण सिर्जना गरेर त्यसभित्र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र विरोधीशक्ति घुसेर, लोकतन्त्रका जारा काट्ने कैंचीहरु चलमलाउन थालेको देखेपछि उहाँले आफूले राष्ट्रिय सभामा पेस गरेको विधेयक केही समय अगाडि फिर्ता लिनु भयो भन्ने मैले सञ्चार माध्यमबाट भर्खरै थाहा पाएको थिए ।
मलाई लाग्छ माननिय मन्त्रीको डिसिजन वाइड डिसिजन हो । म त्यसलाई एकदम दृढ समर्थन गर्छु ।
माइतीघर त साँच्चिकै माइतीघर रहेछ
अब यतिबेला देशवासी तमाम् दाजुभाइ दिदीबहिनीहरुले सोच्न पर्ने अवस्था आएको छ । कहिले एउटा विधेयक भन्यो माइतिघर मण्डला, कहिले अर्को विधेयक भन्यो माइतिघर मण्डला । विधेयक त छलफल गर्न संसद छ नि । संसद छ । संसदमा छलफल गर्न सकिन्छ । राय सुझाव लिन सकिन्छ । सरोकारवालसँग कुरा गर्न सकिन्छ । सरोकारवालाहरुले हामीलाई भन्न सक्छन् । तर माइतीघर त साँच्चैको माइतीघर रहेछ । यताउती केही प¥यो कि गुरुरु कुदेर मलाई घरमा यस्तो गरे भनेर माइतीघर जाने ।
अब जसो गरे पनि अनवरत आन्दोलन । अब मैले अस्तिको दिन पनि एयरपोर्टमा पनि भने, नेपालमा संघर्ष गरेर, बलिदान दिएर दुःख कष्ट बेहोरेर, लडाईं संघर्ष गरेर हामीले प्राप्त गरेको यो सफलता यस आन्दोलनबाट आएको अहिले लिडरसीप छ । अहिलेको लिडरसीप कुनै फरक ढंगबाट आएको लिडरसीप होइन । अहिलेको आन्दोलनबाट, विगतका आन्दोलनबाट आएको, आन्दोलनका उतारचढाव देखेको लिडरसीप छ ।
यतिबेला आन्दोलन गरिराख्नु पर्दैन । लोकतन्त्रमा संवादबाट सबै कुराको समाधान गर्न सकिन्छ । संवादबाट समाधानको बाटो उचित बाटो हो । द्वन्द्वग्रस्त ठाउँहरु, द्वन्द्वरत ठाउँहरु संवादबाट टुंगिन्छन् । लडाईं भइराखेको ठाउँमा संवादबाट टुंगिन्छ । हाम्रो देशमा पनि द्वन्द्व थियो, संवादबाट टुंगियो । लडाईंबाट टुंगिएन । संवादबाट टुंगियो । लडाईं संवादबाट टुंगिन्छ, वातचितबाट टुंगिन्छ भने सानातिना कुरा वातचित बाट नटुंगिने होइन । यो थाहा नभएको कुरा होइन कसैलाई । तर, आवेश, उत्तेजना फैलाएर वातावरण बिगारेर अनि आफ्नो दुनो सोझाउन खोज्ने । त्यसका निम्ति सधै माइतीघर मण्डला, सधैँ सडक, सधैं सडक यो गरिरहनु पर्ने आवश्यकता छैन् ।
म फेरि पनि भन्छु, यो सरकार जनताको सरकार हो । जनताले चुनेको सरकार हो । जनताले जे भन्छन्, जनता जे चाहन्छन्, जनताको हित जे गर्दा हुन्छ, त्यही गर्छ यस सरकारले । देशको समृद्धि र विकास यसको अभिष्ट हो ।
तसर्थ म सबैलाई भन्न चाहन्छु, यस्ता कुराहरुमा लाग्न हुदैन । यो लोकतन्त्र विरोधि गतिविधि, लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि, प्रयासहरुलाई बिथोल्ने गतिविधिका प्रयासहरु, विकासका कामरुतर्फ सरकारलाई अगाडि बढ्न नदिने गतिविधि र अनुचित, अवाञ्छित विरोधका स्वरहरु अनवरत केही कुराहरु वास्तवमा सामूहिक छ्रैनन्, समायानुकुल छैनन्, उपयुक्त र आवश्यक पनि छैनन् ।
जसका असन्तुष्टि छन् म आह्वान गर्न चाहन्छु, सबैलाई जे असन्तुष्टि छन्, जे मतभेद छन् आउनुस् बसौं छलफल गरौं । आफ्नै जिद्धि पूरा हुनुपर्ने कुरा त गर्न सकिँदैन् । छलफलबाट कुराहरु निस्किन्छन् । त्यसबाट संवादका तरिका हुन्छन् । भनेजति सबै कुरा उचित छन् की छैनन् । देशलाई फाइदा हुने, जनतालाई फाइदा हुने, लोकतन्त्र सुदृढ हुने देश अगाडि बढ्ने काम गरौं । त्यसका निम्ति सरकार खुल्ला छ, तयार छ सधैव संवादका निम्ति, कुराकानीका निम्ति । समस्या सुन्नका निम्ति, समाधान गर्नका लागि सरकार तयार छ ।
म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु, हामीले पटक पटक लडेर लोकतन्त्र ल्यायौं तर हामीलाई भड्काइ भड्काइकन, विथोली विथोलिकन फेरि वातावरण बिगारी बिगारीकन हामीले मौका पाउँदा पनि गुमाएका छौं ।
००७ सालको आन्दोलन सफल भयो तर त्यो आन्दोलनलाई थिग्रयाउन कति वर्ष लाग्यो । ८ वर्ष थिग्रन लाग्यो डेड दुई वर्षमा खत्तम भयो ।
राजनीतिक शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु, पटक पटक जनताका अधिकार दरबारमा बुझाइएका इतिहास आवेश, उत्तेजना र भावनामा बगेर नदोर्याउँ ।
हामीले जनताले जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्नु हाम्रो कर्तव्य हो । त्यस कुरामा ध्यान दिऔं । राजनीतिक शक्तिहरुलाई पनि म भन्न चाहन्छु, पार्टीहरुलाई पनि म भन्न चाहन्छु ।
जनतालाई म आग्रह गर्न चाहन्छु, हामीले लडेर, बलिदान दिएर ल्याएको लोकतन्त्र पछाडि बसेर प्रोभोक गर्ने तत्वहरुलाई कहिले लाठी लाग्दैन् । ती प्रोभोक गरेर अघि छड्केका हुन्छन् । अनि सर्वसाधरणलाई पार्दिन्छन् । अनि पछि भन्छन्, नोक्सान भयो, क्षति भयो, के गर् यो सरकारले । फेरि गराउने तिनीहरुनै हुन् । यस्तो कुराबाट हामी अब पनि सजग नहुनु उचित हुँदैन । मेरो आग्रह यो छ ।
हामी लोकतन्त्रको रक्षा, जनताले लोकतन्त्र लडेर ल्याएको हो । जनताले लोकतन्त्रको रक्षा गर्न एकताबद्ध भएर अगाडि बढ्नु पर्छ ।
सञ्चार जगत लोकतन्त्रको पिलर हो
सञ्चार जगतलाई म भन्न चाहन्छु, सञ्चार लोकतन्त्रको एउटा पिलर हो । त्यसै कारण लोकतन्त्रलाई राज्यको चौथो अंग पनि भनिन्छ । तर आज हामी एउटा संक्रमणकालीन अवस्थामा छौं, संचार क्षेत्रमा भन्ने हो भने । फेसबुकको सञ्चालककले फेसबुक पैदा गरेर गल्ती गरेकी के हो ? यसै भनेको होइन । मैले गल्ती गरे यसै भनेको होइन ।
हामीले हाम्रो सामाजिक मूल्य मान्यता मर्यादा, हाम्रो समाज एउटा शिष्ट, सभ्य मर्यादित समाज हो । हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई पनि जान्दैन् । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो । हाम्रो सञ्चार माध्यमले हाम्रो भाषा, संस्कृतिका कुरा गर्छ । नेपाली भाषामा त बाबुलाई तपाईं नै भन्ने चलन हुन्छ । बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुर आमालाई पनि तिमी, हजुर बाबुलाई पनि तिमी यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृति भित्र पर्दैन । कतिलाई मन पर्दैन फेरि मैले भनेको कुरा । सबै समान हुन् भन्ने मात्रै पर्ला । सबै समान बोल्दा खेरी कुनै भाषा कस्तो हुन्छ, कुनै भाषामा जेन्डर छुट्टिएको हुँदैन । कुनै भाषामा आदरार्थी शब्द हुँदैन । कुनै भाषाको आफ्नो मर्म हुन्छ । हाम्रो भाषाको आफ्नै मर्म छ । त्यो मात्रै होइन, सामाजिक सञ्जालको अवस्था के छ ? र, सामाजिक सञ्जाललाई कुरो थापेर हाम्रा स्थापित सञ्चार माध्यमहरु पनि तिनलाई फलो गर्न तिर लाग्ने हो । भाषा, सभ्यता, शैलि, बोलाई, चलाईमा भने हामी कस्तो समाज सिर्जना गछौं ?
त्यसकारण मेरो आग्रह छ, हामीले हाम्रो समाज निर्माण गर्ने हो । हाम्रा सन्ततिका लागि चोखै जसलाई मैले गाली गरे उसलाई मात्रै त्यो गाली लागेको हो भने सामाजिक क्षेत्रमा सञ्चार माध्यमबाट बोलिएको कुरा त्यो सार्वजनिक नै भएको हुन्छ । त्यो सार्वजनिक नै भएको कुराले अरुलाई पनि असर गरिराखेको हुन्छ । नयाँ पिंढीलाई, बालबालिकालाई बढी असर गरेको हुन्छ । यस कुरामा अलिक संवेदनशील हुनु पर्छ कि ?
मैले, केही आफूलाई विद्वान भन्नेहरुले बोलेको सुनेको छु, बोलेको सुन्दा सरम लाग्छ । सभ्यताका सीमाहरु अचम्म लाग्छ । संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ तर त्यहाँ भित्र अमर्यादा, अभद्रता, साँस्कृतिक मूल्यहरुको अभाव त्यो देखिएको हुन्छ ।
त्यसकारण मेरो आग्रह यति मात्र हो, यो समाजमा म मात्र बाँच्नु पर्ने होइन । मैले मात्रै भविष्य र परिणाम भोग्नु पर्ने होइन ।
म सबैलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवारमा, समाजमा मर्यादित भएर बाँच्नु पर्छ । आफ्ना कुराहरु भनौं, ठीक छ । तर तथ्यपूर्ण, तर्कपूर्ण र मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो ।
त्यसकारण मैले अहिले यत्ति भनेर टुंग्याउँछु । तपाईंहरु सबैको भलो होस् । धन्यवाद ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले ३ असार, २०७६ मा पत्रकार सम्मेलनमा व्यक्त गर्नु भएको विचारको पूर्ण पाठ
विपदमा जनता- कहिले होला राहत, पुनर्स्थापना र पुननिर्माण ? कहिले बन्ला घर ?
आइतबार, कार्तिक २५, २०८१
विपद् पछिको पुनर्स्थापना : को हुन् सक्कली र को हुन् नक्कली प्रभावित? कसरी छुट्याउने?
सोमबार, कार्तिक १२, २०८१
नेतृत्वको काम गर्ने शैली, भित्रि इच्छा शक्ति नभएको कारण विपद् खोज, उद्धार तथा राहत वितरण कार्यमा सोचे अनुरुप काम हुन नसकेको : मा.रामहरि खतिवडा
सोमबार, आश्विन २८, २०८१
५५ हजार जाजरकोट भुकम्प पीडितले दोश्रो किस्ता पाउन बन्चितः कारण के ?
बुधबार, आश्विन २३, २०८१
भिरु लामाको ‘यो जिन्दगी’…
मंगलबार, जेठ १५, २०८१
Second DFI Mission 2024
आइतबार, जेठ ०६, २०८१
Growing Nepali Financial Service Sector -“Accelerating DFIs Investment in Nepal’s Financial Sector Industry”
आइतबार, बैशाख ३०, २०८१
वैदेशिक लगानी बहस : विकासका लागि पुँजीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात गर्नु पर्छ
बुधबार, बैशाख १९, २०८१
कपनमा कला !
शुक्रबार, बैशाख १४, २०८१
वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता
बिहिबार, बैशाख ०६, २०८१
भारतमा चुनाव सुरु, मोदीको नेतृत्वमा भारत २१ औँ शताब्दीको आर्थिक शक्ति बन्ने लयमा
बिहिबार, बैशाख ०६, २०८१
संसदमा केपी ओलीको २८ मिनेट सम्बोधन : आवेश उत्तेजनामा नजाऔं, देशको आर्थिक अवस्था अप्ठ्यारोमा छ, हामी सबै मलेर समाधान गर्नु पर्छ
मंगलबार, चैत्र ०६, २०८०
राम्रो काम बालेनले मात्रै होइन, रविले पनि गर्न पाउनु पर्छ
मंगलबार, चैत्र ०६, २०८०
समाजवादउन्मुख राज्य व्यवस्थाको बाटोमा सामाजिक सुरक्षा कोष, मधेश प्रदेशका ४७ स्थानीय तहसँग भयो सम्झौता (भिडियो सहित)
आइतबार, माघ २८, २०८०
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘प्रधानमन्त्री कार्यालय’ मातहत ल्याउनुको अर्को विकल्प छैन : अनिल पोखरेल
आइतबार, भाद्र १७, २०८०
Public Sanitation in ‘South Asia’
मंगलबार, भाद्र १२, २०८०
एमसिसी कार्यान्वयन: पाँचवर्षे अवधि गणना भोलिदेखि
सोमबार, भाद्र ११, २०८०
दक्षिण एसियामा सार्वजनिक शौचालयको अवस्था यस्तो छ…नेपालले के सिक्ने ?
सोमबार, भाद्र ११, २०८०
मन्त्रीदेखि विज्ञको आरोप- विपद् व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय सामु निरीह, प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु पर्ने तर्क
सोमबार, भाद्र ०४, २०८०
पूर्वाधारको अभावमा मानव मलमूत्र सीधै खोलानालामा, दिगो विकास लक्ष्यको टार्गेट पूरा गर्न असम्भव
शुक्रबार, आषाढ २२, २०८०
५ प्रतिशत नागरिक शौचालयको पहुँच बाहिर, शत प्रतिशत पुर्याउने सरोकारवालाको प्रतिवद्धता
मंगलबार, जेठ ३०, २०८०
वीरेन्द्रनगरमा दिसाबाट बन्छ तातो केक…
शुक्रबार, जेठ ०५, २०८०
खानेपानी तथा सरसफाइ नियमावली मस्यौदालाई सुधार गर्न सरोकारवालाको सुझाव, मन्त्रालय प्रतिबद्ध
बुधबार, बैशाख २०, २०८०
खानेपानी र सरसफाइमा वित्तिय अवस्था : लगानीको अभाव, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न सुझाव
आइतबार, बैशाख १०, २०८०
१५ दिनभित्र कार्ययोजना उपलब्ध गराउन नेपाल ट्रष्टलाई मन्त्री किराँतीको निर्देशन
बुधबार, बैशाख ०६, २०८०
आगामी नीति तथा कार्यक्रममा सरसफाइ राष्ट्रिय अभियान सञ्चालन गर्ने नीति आउँदै
सोमबार, बैशाख ०४, २०८०
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको निर्णय प्रचण्डले ‘उल्टाए’ खारेज भएको मेलम्ची खानेपानी विकास समिति पुनःब्युँतियो
आइतबार, चैत्र २६, २०७९
मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पनि केयूकेएलको वितरण फितलो, दिसाजन्य लेदो व्यवस्थापनका लागि के गर्दैछन् सरोकारवालाहरु !
सोमबार, चैत्र २०, २०७९
राष्ट्रिय जनगणना २०७८ : ४.५ प्रतिशत परिवारहरु अझै पनि शौचालयको पहुँचमा छैनन्, ९.८ प्रतिशत परिवारको शौचालय सार्वजनिक ढलमा जोडियो
मंगलबार, चैत्र १४, २०७९
आइभेरी कोष्टको राजधानी अविद्जानमा खानेपानी तथा सरसफाइ विश्व सम्मेलन : नेपालको अवस्था कस्तो ?
सोमबार, चैत्र ०६, २०७९
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले ओलीलाई भने- ‘सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन’
सोमबार, चैत्र ०६, २०७९
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लिए पद तथा गोपनियताको शपथ
सोमबार, चैत्र ०६, २०७९
फर्केर हेर्दा–अविद्जान २०२३ र नेपालको सहभागिता…
शुक्रबार, चैत्र ०३, २०७९
सीमा नाकामा रहेका हेल्थ डेक्सले कोरोना रोकथाम तथा नियन्त्रणमा गरे उच्च प्रर्दशन
मंगलबार, फाल्गुण २३, २०७९
स्वर्गीय राजा वीरेन्द्रको नगद मात्रै १ अर्व ३५ करोडभन्दा माथि, विदेशी बैंकहरूले विवरण दिन मानेनन्
आइतबार, माघ २९, २०७९
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार
सोमबार, माघ १६, २०७९
आन्तरिक उडानमा ठूलो दुर्घटना
सोमबार, माघ ०२, २०७९
२५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : पुनर्निर्माणलाई पूर्णता दिने प्रतिबद्धता
सोमबार, माघ ०२, २०७९
देउवाले नैतिकताको आधारमा राजीनामा दिउँन्, नत्र विशेष महाधिवेशन बोलाइनेछ-गुरुराज घिमिरे
सोमबार, पौष ११, २०७९
शक्ति सङ्घर्षमा दलहरु
बिहिबार, मंसिर २२, २०७९
यस्तो रह्यो नेपाल–जापान शैक्षिक बहस (फोटो फिचर)
बुधबार, मंसिर १४, २०७९
सरकारले फेरि थप्न लाग्यो अर्को एक थान स्वास्थ्य योजना, होला त कार्यान्वयन ?
बुधबार, मंसिर १४, २०७९
मुस्ताङबाट ५० करोड मूल्य बराबरको स्याउ निर्यात
मंगलबार, मंसिर १३, २०७९
प्रदीप ज्ञवालीले मतदातालाई भने–तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु
शुक्रबार, मंसिर ०९, २०७९
पाँचौं प्रयासमा खुल्यो दीपक सिंहलाई संसदको ढोका, एमालेबाट लड्दा पनि कमल थापाका दिन आएनन्
बिहिबार, मंसिर ०८, २०७९
गोकर्ण विष्टसँग पराजित भएपछि रामकुमारी झाक्रीले भनिन्–समाजको पिधसम्म पुगेर हेर्ने मौका पाएँ
बुधबार, मंसिर ०७, २०७९
चितवन २ मा रविको फड्को, तेस्रोबाट पहिलोमा उक्लिए
मंगलबार, मंसिर ०६, २०७९
जापनमा उच्च शिक्षा पढ्न चाहनु हुन्छ ? यस्ता छन् अवसर (भिडियो सहित)
आइतबार, कार्तिक २०, २०७९
नागरिक समाज : एउटै मुद्दा बोकेर हिँड्न मिल्दैन ? के भन्छन् नागरिक अगुवाहरु (भिडियोमा हेरौं)
आइतबार, साउन ०८, २०७९
नयाँ नियमका कारण कर्णालीमा उडान अवरुद्ध
शुक्रबार, जेठ २०, २०७९
वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि
आइतबार, चैत्र ०६, २०७८
नेपाल-भारत नवौँ ऊर्जा बैठक सम्पन्न, विद्युत् व्यापारमा महत्त्वपूर्ण सहमति
शुक्रबार, फाल्गुण १३, २०७८
एक हजार परिवारलाई लालपुर्जा
बिहिबार, माघ २७, २०७८
नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु
बुधबार, माघ १९, २०७८
एमसीसीले चर्को दबाबमा प्रचण्ड–माधब, गठबन्धन जोगाउने कि छाड्ने ?
मंगलबार, माघ १८, २०७८
रामकुमारी झाँक्रीप्रति गोकुल बास्कोटाको व्यङ्ग्य : मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो
बुधबार, माघ ०५, २०७८
कठीन जितसँगै प्रधानमन्त्री कपको उपाधि सशस्त्र प्रहरीलाई, पुलिस २१ रनले पराजित
बुधबार, माघ ०५, २०७८
भारतलाई एमालेले भन्यो- नेपालमाथिको बलमिच्याइँ रोक
बुधबार, पौष २८, २०७८
नारायणहिटी प्रमुखको राजीनामा
बुधबार, पौष २८, २०७८
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
सोमबार, पौष २६, २०७८
एमाले जिल्ला अधिवेशन १५ जिल्लामा नेतृत्व सर्वसम्मत
आइतबार, पौष २५, २०७८
एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण
मंगलबार, पौष ०६, २०७८
कांग्रेस महाधिवेशन : मत परिणाम आइसकेको पदमा शशांक कोइराला ‘म्यान अफ द इलेक्शन’
सोमबार, पौष ०५, २०७८
कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय के हुन्
बिहिबार, मंसिर २३, २०७८
ओलीलाई मनाउन हड्ताली वकिल बालकोट जाँदै
मंगलबार, मंसिर २१, २०७८
राष्ट्रिय जनगणना– २०७८: लिपुलेक–कालापानीमा पनि गणना हुने
बुधबार, कार्तिक २४, २०७८
कोप–२६ : नेपालकातर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने
सोमबार, कार्तिक ०८, २०७८
टी-२० विश्वकप: पाकिस्तानले पहिलो पटक हरायो भारतलाई
सोमबार, कार्तिक ०८, २०७८
देशभर बाढी–पहिरो, कम्तिमा ४८ को मृत्यु, ३१ बेपत्ता
बुधबार, कार्तिक ०३, २०७८
भरपतुर महानगरपालिका मेयर रेनु दाहालको उद्घोष : महानगरलाई विपद्को सामना गर्न सक्ने बनाउँछौं (मिडिया बहसको भिडियो सामग्री)
आइतबार, आश्विन १७, २०७८
सातौ संविधान दिवस: मुलुकमा विकास र समृद्धिको नयाँ आधारशीला खडा गरेको छ–केपी ओली
आइतबार, आश्विन ०३, २०७८
एमसीसीः जबाफ आएपछि पनि सत्तारूढ दलबीच मतभिन्नता कायम, अबको बाटो के?
शुक्रबार, भाद्र २५, २०७८
अफगानिस्तानः पन्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबान दाबी, विरोधी समूह भन्छ ‘सत्य हैन’
सोमबार, भाद्र २१, २०७८
दुई महिनाभित्र स्वास्थ्य नीति ल्याउँदै गण्डकी प्रदेश सरकार
सोमबार, भाद्र २१, २०७८
विपद्मा काम गर्ने पत्रकारलाई खोई सुरक्षा ?
शुक्रबार, भाद्र ०४, २०७८
भूमि आयोग खारेजीविरुद्ध आन्दोलन घोषणा
बिहिबार, साउन २१, २०७८
…त्यसपछि मैले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेँ : बादल
सोमबार, साउन १८, २०७८
अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई, स्वास्थ्यका सचिव लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिए
आइतबार, साउन १७, २०७८
मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)
आइतबार, साउन १७, २०७८
चार करोड लगानीमा सामुहिक भैंसी पालन, दैनिक आठसय लिटर दूध
शुक्रबार, साउन ०८, २०७८
प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा(लाइभ)
आइतबार, साउन ०३, २०७८
कर संकलनमा सफलताः लक्ष्यको ९३ प्रतिशत संकलन
बिहिबार, आषाढ ३१, २०७८
शहरी विकास तथा भवन निर्माण विभागः कति योजना ? कति काम ?(भिडियोमा हेर्नुहोस्)
बिहिबार, आषाढ २४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पत्रकार सम्मेलन LIVE
शुक्रबार, जेठ ०७, २०७८
स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण
बिहिबार, बैशाख ३०, २०७८
प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीको एकैदिन छिनोफानो: यस्तो त अंकगणित
बिहिबार, बैशाख २३, २०७८
वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षितगरी ल्याएको छ, ‘हर्षको नयाँवर्ष’अफर
आइतबार, चैत्र २९, २०७७
स्वास्थ्य मन्त्रालयकोे संरचनामा हेरफेर हुँदै, मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता
आइतबार, चैत्र २२, २०७७
मेलम्ची पानीलाई राजकीय स्वागत-भिडियोमा हेरौं
आइतबार, चैत्र २२, २०७७
मेलम्ची सफलताको कथालाई भिडियोमा हेर्नुहोस्
आइतबार, चैत्र ०१, २०७७
वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावनादूतमा शृंखला खतिवडा (प्रेस विज्ञप्ती)
आइतबार, फाल्गुण १६, २०७७
गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता
बिहिबार, फाल्गुण ०६, २०७७
मुक्त हलियालाई गणतन्त्र कहिले आउला ? (भिडियो सहित)
सोमबार, फाल्गुण ०३, २०७७
हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)
शुक्रबार, माघ २३, २०७७
२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसः भवन संहिता कार्यान्वयमा सबैको जोड (भिडियो सहित)
बिहिबार, माघ ०८, २०७७
गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ
बुधबार, मंसिर २४, २०७७
प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल दुई वर्षभित्र हुन्छ : विकास देवकोटा
बिहिबार, मंसिर ११, २०७७
समृद्धि मात्रै होइन, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्न अघि बढेका छौं: प्रधानमन्त्री ओली
बिहिबार, मंसिर ११, २०७७
सामाजिक सुरक्षा दिवसमा प्रमकाे भिडियाे सन्देश
बिहिबार, मंसिर ११, २०७७
मातृका देवकोटाको जीवन सङ्घर्षः मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ
शुक्रबार, कार्तिक २८, २०७७
नेपालमा ३० लाखभन्दा बढी मानसिक स्वास्थ्य समस्याका व्यक्ति छन् तर विशेषज्ञ एक सय जना पनि छैनन्
बिहिबार, कार्तिक १३, २०७७
‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो’- स्वास्थ्य मन्त्री ढकाल
सोमबार, आश्विन २६, २०७७
एकै पटक पाँच शिशु शल्यक्रियाबाट निकालियाे, चार जीवित
मंगलबार, आश्विन २०, २०७७
संसद भवनदेखि मन्त्री निवास निर्माण : मन्त्रीलाई ‘स्विमिङ पुलदेखि फिटनेश सेन्टर’को सुविधा
आइतबार, आश्विन १८, २०७७
अमेरिकी चुनाव: ट्रम्प र बाइडनले पहिलो पटक गरे आमनेसामने बहस
बुधबार, आश्विन १४, २०७७
सन्दर्भ : विश्व मुुटुरोग दिवस, अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण
मंगलबार, आश्विन १३, २०७७
बन्यो छाङरू जाने बाटो
सोमबार, आश्विन १२, २०७७
धेरैजसो स्थानमा भारी वर्षा, स्याङ्जामा पहिरो : पाँच जनाको मृत्यु, नारायणीको जलसतह खतराको तहभन्दा माथि
बिहिबार, आश्विन ०८, २०७७
जुडी ह्यूमेन: अमेरिकामा अपाङ्गता भएका मानिसको अधिकारको इतिहास बदल्ने महिला
सोमबार, आश्विन ०५, २०७७
निजामती प्रशासन किन गतिशील हुन सकेन् ? सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको विश्लेषण
आइतबार, आश्विन ०४, २०७७
नेपालले खरिद गरेका दुई रेल आज आउँदै
शुक्रबार, आश्विन ०२, २०७७
शिन्जो आबेको ठाउँमा जापानको प्रधानमन्त्री बनेका योशिहिदे सुगा को हुन्?
बिहिबार, आश्विन ०१, २०७७
राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह
सोमबार, भाद्र २९, २०७७
कोरोना भाइरस इजरेलः चाडपर्वकै बेला देशव्यापी लकडाउन घोषणा, विरोध जनाउँदै एक मन्त्रीले दिए राजीनामा
सोमबार, भाद्र २९, २०७७
पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता
आइतबार, भाद्र २८, २०७७
असोज १ बाट लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने व्यबसायीकाे दावी
बिहिबार, भाद्र २५, २०७७
कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो
मंगलबार, भाद्र २३, २०७७
के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छ, संविधानमा के व्यवस्था छ?
आइतबार, भाद्र २१, २०७७
बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत
शुक्रबार, भाद्र १९, २०७७
कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो
मंगलबार, भाद्र ०९, २०७७
सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक
आइतबार, भाद्र ०७, २०७७
मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता
सोमबार, भाद्र ०१, २०७७
जोखिमको बेवास्ताले ठूलो क्षति
आइतबार, साउन ३२, २०७७
प्रम ओलीद्वारा कोभिड-१९ विरुद्ध भारतसँग मिलेर लड्ने प्रतिबद्धता
आइतबार, साउन ३२, २०७७
‘युुवा बाध्यतावस विदेश जानुुु पर्दैन’
बिहिबार, साउन २९, २०७७
कांग्रेसको पुनर्जागरणका लागि बरिस्ठ नेता पौडेलद्धारा ७ बुँदे दृष्टिकोण सार्वजनिक
बुधबार, साउन २८, २०७७
बुटवलको कोरोना अस्पतालमा दुई जना पुरुषको मृत्यु
बुधबार, साउन २८, २०७७
डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते
मंगलबार, साउन २७, २०७७
भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’
सोमबार, साउन २६, २०७७
राष्ट्रिय भवन संहिता अध्यावधिक : सबै खाले भवनलाई भूकम्प प्रतिरोधी बनाउन सकिने
आइतबार, साउन २५, २०७७
भारतमा २० दिनमा १० लाख कोरोना सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो
शुक्रबार, साउन २३, २०७७
नुवाकोटका सबै स्थानीय तहमा ‘लकडाउन’
शुक्रबार, साउन २३, २०७७
लेबननको राजधानीमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ को मृत्यु, चार हजार भन्दा धेरै घाइते
बुधबार, साउन २१, २०७७
कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
मंगलबार, साउन २०, २०७७
भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश
मंगलबार, साउन २०, २०७७
ओली-प्रचण्ड आआफ्नो अडानमा टसमस भएनन्, सचिवालय बैठक बस्ने वा स्थायी कमिटी भन्नेमै विवाद
सोमबार, साउन १९, २०७७
नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण
सोमबार, साउन १९, २०७७
मेलम्ची पहिरोमा पुरिएका आठ जनाको शव निकालियो
सोमबार, साउन १९, २०७७
सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भासियो
आइतबार, साउन १८, २०७७
बाघ संरक्षण: यसकारण नेपालले सफलता हात पारिरहेको छ
बिहिबार, साउन १५, २०७७
भूकम्पपछिको पुनर्निर्माण: खर्चबारे महालेखाको प्रश्नै प्रश्न, प्राधिकरण भन्छ- महालेखाको भनाइ त्रुटिपूर्ण
सोमबार, साउन १२, २०७७
बाढीले बगर बनेका खेतलाई रोपनीको दुई हजार क्षतिपूर्ति
शुक्रबार, साउन ०९, २०७७
श्रीमतीको हत्यामा पाएको सजाय घटाउने सर्वोच्चको निर्णयविरुद्ध पुनरवलोकन निवेदन
शुक्रबार, साउन ०९, २०७७
तटीय क्षेत्रका बस्ती डुबानमा
बुधबार, साउन ०७, २०७७
देशभर भारी वर्षा : धेरै नदीहरुले खतराको तह पार गरे
मंगलबार, साउन ०६, २०७७
भारतले नेपालकाे संस्कृतिमाथि अतिक्रमण गर्याे : प्रम अाेली
मंगलबार, आषाढ ३०, २०७७
नेकपामा शक्ति संघर्ष : ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, कुनै हालतमा नछोड्ने ओलीको अडान
बुधबार, आषाढ २४, २०७७
शैलेश थापा : पूर्व डीआईजीका छोरा प्रहरीको सर्वोच्च पदमा
बुधबार, आषाढ २४, २०७७
बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल
मंगलबार, आषाढ २३, २०७७
म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो
शुक्रबार, आषाढ १९, २०७७
चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?
शुक्रबार, आषाढ १२, २०७७
नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित
शुक्रबार, आषाढ १२, २०७७
मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी
आइतबार, बैशाख २८, २०७७
नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण, देशभर लकडाउन कडा
सोमबार, बैशाख २२, २०७७
पार्टी एकताको महत्व बुझ्न प्रचण्डकाे अपिल, नेकपाकाे अान्तरिक एकता सुदृढ बनाउने अध्यक्ष अाेलीकाे घाेषणा
बुधबार, बैशाख १०, २०७७
कोरोनाभाइरसः मोदीले गरे जनताद्वारा ‘जनता-कर्फ्यु’को अपील
शुक्रबार, चैत्र ०७, २०७६
दिल्ली बलात्कार काण्ड: दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा सन्तोष प्रकट
शुक्रबार, चैत्र ०७, २०७६
कोरोनाभाइरस: एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित, इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु
बिहिबार, चैत्र ०६, २०७६
कोरोनाभाइरस: सङ्क्रमण रोकथाम गर्न इटलीले ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
मंगलबार, फाल्गुण २७, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन
शुक्रबार, फाल्गुण २३, २०७६
कसैमा पनि कोरोना देखिएको छैन–स्वास्थ्य मन्त्रालय
शुक्रबार, फाल्गुण २३, २०७६
विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल
बिहिबार, फाल्गुण २२, २०७६
काठमाण्डौमा होली नखेल्न सर्वसाधारणलाई स्थानीय प्रशासनको आग्रह
बिहिबार, फाल्गुण २२, २०७६
प्रधानमन्त्री ओली अप्रेशन थियेटरमा
बुधबार, फाल्गुण २१, २०७६
अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा
मंगलबार, फाल्गुण २०, २०७६
अमेरिकामा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ६ पुग्यो
मंगलबार, फाल्गुण २०, २०७६
प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर
सोमबार, फाल्गुण १९, २०७६
देउवाले बनाए १३ विभाग, अब पेलेरै जाने
आइतबार, फाल्गुण १८, २०७६
कोरोनाभाइरसः अहिलेसम्मको अवस्था के छ ?
आइतबार, फाल्गुण १८, २०७६
अफगान शान्ति सम्झौता: १८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
आइतबार, फाल्गुण १८, २०७६
न दुलाहा आए, न जन्ती
बिहिबार, फाल्गुण १५, २०७६
भारतमा लगातार तेस्रो रात हिंसा, हालसम्म मारिनेको सङ्ख्या २०
बुधबार, फाल्गुण १४, २०७६
‘प्रेमको स्मारक’मा ट्रम्प दम्पति
मंगलबार, फाल्गुण १३, २०७६
डोनल्ड ट्रम्प: अमेरिकी राष्ट्रपति भारतको पहिलो औपचारिक भ्रमणमा, पाए भव्य स्वागत
मंगलबार, फाल्गुण १३, २०७६
कोरोनाभाइरस: इटलीका एक दर्जन सहर बन्द
आइतबार, फाल्गुण ११, २०७६
ओलीका विश्वासपात्रको बहिर्गमन
शुक्रबार, फाल्गुण ०९, २०७६
दोलखा भीमसेनलाई ‘पसिना’
बिहिबार, फाल्गुण ०८, २०७६
सरकारका दुई वर्ष: तुइन विस्थापनमा सफलता
मंगलबार, फाल्गुण ०६, २०७६
सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्दै
सोमबार, फाल्गुण ०५, २०७६
सांसद्का प्रश्नमा प्रधानमन्त्रीका यस्ता जवाफ
आइतबार, फाल्गुण ०४, २०७६
खरीपाटी पुराइयो चीनबाट ल्याइएका नेपालीलाई
आइतबार, फाल्गुण ०४, २०७६
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सोमबार, माघ २७, २०७६
कोरोनाभाइरसले सार्सले भन्दा धेरैको ज्यान लियो
आइतबार, माघ २६, २०७६
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरी’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
मंगलबार, माघ २१, २०७६
बाँकेको राप्ती सोनारी गाउँपालिका : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उदाहरणीय अभ्यास
सोमबार, माघ २०, २०७६
कोरोनाभाइरस: ‘दुष्ट भाइरस’विरुद्धको लडाइँ जित्ने राष्ट्रपति सी जिन्पिङको विश्वास
बुधबार, माघ १५, २०७६
सभामुख सापकोटाले लिए शपथ
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: चीनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु भएको पुष्टि
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: हामी कति चिन्तित हुनु पर्छ, डब्लूएचओ के भन्दैछ
शुक्रबार, माघ १०, २०७६
६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन
आइतबार, माघ ०५, २०७६
नेपालमा पहिलो पटक कर्णाली प्रदेशले गर्यो,१७ लाख ७० हजार जनताको ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’
सोमबार, पौष २८, २०७६
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
बुधबार, पौष २३, २०७६
भिम रावललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने, पार्टी भित्र नयाँ नयाँ कविहरु जन्मिए
आइतबार, पौष १३, २०७६
असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट
बिहिबार, पौष १०, २०७६
दाङपछि सबैभन्दा जाडो काठमाडौंँमाः मौसम विभाग
बुधबार, पौष ०९, २०७६
एमसीसी: अमेरिकासँग नेपालले गरेको सम्झौता किन विवादमा ?
बुधबार, पौष ०९, २०७६
यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
सोमबार, पौष ०७, २०७६
नेकपा स्थायी समिति बैठक:अध्यक्षद्वयको प्रतिवेदन (पूर्ण पाठ)
बुधबार, पौष ०२, २०७६
न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित
बुधबार, मंसिर २५, २०७६
फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको: एफबीआई
सोमबार, मंसिर २३, २०७६
हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति
आइतबार, मंसिर २२, २०७६
भारतमा बलात्कारपछि हत्याको घटनाका चार सन्दिग्धको ‘प्रहरी इन्काउन्टरमा मृत्यु’
शुक्रबार, मंसिर २०, २०७६
शेखरको त्यो रणनीति जसले बदल्यो धरानवासीको मन
बिहिबार, मंसिर १९, २०७६
गढीमाई मेला : एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
बुधबार, मंसिर १८, २०७६
बागलुङको भीमगिठेमा जीप दुर्घटना १४ जनाको मृत्यु (नामावलीसहित)
मंगलबार, मंसिर १७, २०७६
सम्भावित शीतलहर र पूर्व तयारी
मंगलबार, मंसिर १७, २०७६
दक्षिण एशियाली खेलकुदमा नेपाललाई १० स्वर्ण
सोमबार, मंसिर १६, २०७६
१३औँ दक्षिण एशियाली खेलकुद: करातेमा तीन, तेक्वान्दोमा दुई स्वर्ण
सोमबार, मंसिर १६, २०७६
छाउगोठमा निसासिएर २१ वर्षिया किशोरीको मृत्यु
सोमबार, मंसिर १६, २०७६
नेकपाका प्रकाश राईलाई २७९५ मतले पछि पार्दै धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी
सोमबार, मंसिर १६, २०७६
धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा ३०, कांग्रेस १२ ठाउँमा विजयी
सोमबार, मंसिर १६, २०७६
ट्रम्पद्वारा हङ्कङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर
बिहिबार, मंसिर १२, २०७६
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९, मृतक ९ जनाको सनाखत
बुधबार, मंसिर ११, २०७६
प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? विश्वप्रकाश : ७० हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने ?
बुधबार, मंसिर ११, २०७६
उपनिर्वाचन २०७६: आज राति १२ बजेदेखि मौन अवधि
बुधबार, मंसिर ११, २०७६
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा सुधार
बुधबार, मंसिर ११, २०७६
मालपोतका सुब्बा: अवैध आम्दानी १४ करोड
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्न
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी
मंगलबार, मंसिर १०, २०७६
कृषि विकास बैंक घोटाला : ८ कर्मचारीसँग पौने ३ अर्ब बिगो दाबी
सोमबार, मंसिर ०९, २०७६
टुंगियो नेकपा निकट पत्रकारको एकता (सूचीसहित)
सोमबार, मंसिर ०९, २०७६
बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !
सोमबार, मंसिर ०९, २०७६
यातायात प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, मंसिर ०८, २०७६
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा
आइतबार, मंसिर ०८, २०७६
शहरलाई सुधारौं
आइतबार, मंसिर ०८, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल
शुक्रबार, मंसिर ०६, २०७६
चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?
शुक्रबार, मंसिर ०६, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?
बिहिबार, मंसिर ०५, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः (सूचीसहित)
बुधबार, मंसिर ०४, २०७६
प्रम ओली र दाहाल शीतल निवासमा
बुधबार, मंसिर ०४, २०७६
प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने
बुधबार, मंसिर ०४, २०७६
ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि ‘आरोप’
बुधबार, मंसिर ०४, २०७६
मन्त्रिपरिषद् पुर्नगठन : बिहानै प्रचण्ड निवास पुगे गृहमन्त्री थापा
बुधबार, मंसिर ०४, २०७६
बझाङमा केन्द्रबिन्दू ५.७ रेक्टरको भूकम्प, थप विवरण आउन बाँकी
मंगलबार, मंसिर ०३, २०७६
विपद् व्यवस्थापन पूर्व तयारी थाल्न तीन तहकै सरकारलाई निर्देशन
मंगलबार, मंसिर ०३, २०७६
यी हुन् काङ्ग्रेसले देखेका सरकारका २१’असफलता’
मंगलबार, मंसिर ०३, २०७६
प्रचण्ड सचिवालयको विज्ञप्ति : मन्त्री हेरफेर प्रधानमन्त्रीकाे विषय, नेकपा सचिवालय बैठक भोलि
मंगलबार, मंसिर ०३, २०७६
मन्त्रिपरिषद हेरफेर तयारी : खुमलटार-बालुवाटारमा छुट्टा-छुट्टै जमघट
सोमबार, मंसिर ०२, २०७६
प्रधानमन्त्रीको योग विचार: नेपाललाई कर्मयोगीहरुको देश बनाऔँ
शुक्रबार, आषाढ ०६, २०७६
10 Best Real Money Online Slots Web Sites Of 202
शनिबार, मंसिर ०८, २०८१
Europes No 1 On-line Casino Destination Associated With Choic
शनिबार, मंसिर ०८, २०८१
Best Real Cash Online Casinos Canada Top 15 Throughout 202
शनिबार, मंसिर ०८, २०८१
Nuovi Casinò Online Con Benefit Senza Deposito In Italia Ottobre 202
शनिबार, मंसिर ०८, २०८१
No Downpayment Bonus Casino Europe 2024 Win Real Mone
शनिबार, मंसिर ०८, २०८१