प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा पुगे

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा पुगे।

नेकपा (एमाले) बाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा २०७८ भदौमा स्थापना भएको एकीकृत समाजवादी पार्टीको कार्यालयमा यो उनको पहिलो भ्रमण हो।

प्रधानमन्त्री ओलीको कार्यालय पुग्दा, एमालेबाट निकालेका पूर्वउपाध्यक्ष भीम रावल पनि त्यहाँ उपस्थित थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, ओलीले एकीकृत समाजवादीको कार्यालयको अवलोकनसमेत गरेका छन्।

पार्टीको केन्द्रीय कार्यालयमा हालै भएको आगजनीको घटनासमेत चर्चामा थियो। यसअघि, चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग गर्दै दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शन भएको थियो।

यसबाहेक, एकीकृत समाजवादीका नेता कमल कोइरालाको निधन भएपछि, शव आलोकनगरमा राखिएको थियो। श्रद्धाञ्जली दिनका लागि पनि प्रधानमन्त्री ओली उक्त कार्यालय पुगेका थिए।

तपाईको प्रतिक्रिया