मन्त्रीदेखि विज्ञको आरोप- विपद् व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय सामु निरीह, प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु पर्ने तर्क


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय सामु निरीह भएको मन्त्री तथा विज्ञले आरोप लगाएका छन् । इमेज टेलिभिजनमा प्रशारण भएको कार्यक्रम टक अफ द टाउनमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै शहरी विकास मन्त्री सीता गुरुङ, पूर्व मन्त्री तथा विपद् विज्ञ गंगालाल तुलाधर, राष्ट्रिय पुनर्निर्माण प्राधिरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसलाई अब ढिला नगरी प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु पर्ने सुझाव दिएका छन् । यो गृह मन्त्रालयको एउटा अंग जस्तै भएको छ । सबै काम गृहबाट नै हुन्छ, गृहको निर्देशनमा यो चलेको छ । हामीले कल्पना गरेको यस्तो प्राधिकरण होइन, विज्ञ तुलाधरले भन्नु भयो । त्यस्तै भूकम्पपछिको पुनर्निमाण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै ज्ञवालीले भन्नु भयो, अब आउने भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्न हाम्रा पहिलेका अनुभवहरु छन्, एउटा नलेज बैंक तयार भएको छ, त्यसलाई कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन, ज्ञवालीले भन्नुभयो । त्यस्तै शहरी विकास मन्त्री सीता गुरुङले भवन संहिता सबै स्थानीय तहमा लागु गराउन र त्यसको सम्वन्य गर्न एउटा संयन्त्र बनाउनु पर्ने र त्यो एक महिनाभित्र मन्त्रालयले बनाउने दावी पनि गर्नु भयो ।
उहाँहरुसँग गरिएको कुराकानी तलको भिडियोमा ः

तपाईको प्रतिक्रिया