वैदेशिक लगानी बहस : विकासका लागि पुँजीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात गर्नु पर्छ


नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ । राजनीतिक रुपमा परिवर्तत विभिन्न समय र कालखण्डमा भयो । तर, आर्थिक रुपान्तरणमा भने देशले गति लिन सकेको छैन । अहिले नेपालमा डिएफआइ मिसन २०२४ हुँदै छ ।

डिएफआइले नाफा मात्रभन्दा पनि वातावरण, जलवायू परिवर्तन लगायत नयाँ अवसरको क्षेत्रमा हेरेर लगानी गर्ने भएको हुनाले डिएफआइज यहाँ बढी चुनौतीका साथ आउने गर्छन् ।

नेपालमा वैदेशिक लगानीको आवश्यकता किन छ ? निजी क्षेत्रमा लगानी कसरी जुटाउन सकिन्छ ? यही विषयमा इमेच च्यानलको टक अफ दि टाउनमा भएको कुराकानीमा नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष सुनिल केसीले डिएफआइको लगानीको सुरक्षा नै पहिलो कुरा हने बताउनु भयो । डिएफआइले नाफा मात्रभन्दा पनि वातावरण, जलवायू परिवर्तन लगायत नयाँ अवसरको क्षेत्रमा हेरेर लगानी गर्ने भएको हुनाले डिएफआइज यहाँ बढी चुनौतीका साथ आउने गर्छन् ।

नेपालमा लगानी गर्न आउँछु भन्ने जोखिम डिएफआइको मात्रै छ ।


त्यस्तै कार्यक्रममा नेपाल प्राइभेट इक्विटी एशोसियनका अध्यक्ष सिद्धान्तराज पाण्डेले विकासका लागि पुँजीलाई मात्रै हेर्नु हुँदैन भन्नु भयो । उहाँले भन्नु भयो, प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासलाई पनि भित्र्याउनु पर्छ । उहाँले भन्नु भयो, नेपालमा लगानी गर्न आउँछु भन्ने जोखिम डिएफआइको मात्रै छ ।


कार्यक्रमको पूरा भिडियो यहाँ उपलब्ध छ ।

तपाईको प्रतिक्रिया